- रन्जित परियार
बुट्टाबारी ।
झापा अर्जुनधारा नगरपालिका–११ स्थित महारानीगञ्ज माध्यमिक बिद्यालयले शिक्षक तथा अभिभावक संघ गठन गरेको छ । समितिको २ बर्ष कार्यकाल समाप्त भएसँगै नयाँ समिति गठन भएको प्रधानाध्यापक मनबहादुर लिम्बुले बताएका छन् ।

आगामी आर्थिक बर्ष २०८४ जेष्ठ सम्मका लागि अध्यक्षमा अभिभावक इन्दिरा गिरी चयन भएकी छिन् । सदस्यहरुमा प्रमिला रेग्मी, निर्मला मिश्र, तीर्थबहादुर पौडेल, सर्मिला चौधरी, प्रेमकला लिम्बू, मोतिकुमार लिम्बू, कुसुम चौधरी, पदेन सदस्यहरुमा बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष बोलप्रसाद कोइराला, प्रधानाध्यापक मनबहादुर लिम्बू, पूर्व अध्यक्ष सुर्यप्रसाद भट्टराईसहित सर्व सहमतिबाट चयन भएका थिए ।
नवगठित समितिलाई प्रमुख अतिथि अर्जुनधारा–११ का वडाध्यक्ष खगेन्द्र इङ्गनाम, पूर्व बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष रोहितमान ढकाल, सुर्यप्रसाद भट्टराई, सागर बराललगायतले दुई बर्षे कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बोलप्रसाद कोइरालाको अध्यक्षता सञ्चालित कार्यक्रमको स्वागत पदेन सदस्य तथा जनप्रतिनिधि केशव अधिकारीले गरेका थिए भने सहजीकरण शिक्षक सुर्यप्रसाद सापकोटाले गरेका थिए ।