पथरी । 

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको केन्द्रिय कार्यालय शिक्षा उपसमितिको आयोजना तथा पथरीको सेवा केन्द्रको संयोजनमा एक दिने वित्तिय साक्षरता तथा उद्यमशिलता विकास अभिमुखिकरण भएको छ । 

झापा बिर्तामोड–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको साकोसले शनिवार पथरी शनिश्चरे–१ रत्नचौकमा  अभिमुखिकरण सम्पन्न गरेको थियो  । 

सहारा नेपाल शिक्षा उप समिति  संयोजक नरहरि न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा उपसमिति सदस्यद्वय शिवप्रसाद पोखरेल र श्यामप्रसाद दाहाल समेतको उपस्थिति रहेको थियो ।

५६ जना शेयर सदस्य सहभागी कार्यक्रमको सञ्चालन पथरी सेवाकेन्द्र प्रमुख कल्पना ढुङ्गानाले र कार्यक्रमको ओैचित्यमाथि प्रकाशसँगै स्वागत अनुगमन प्रमुख महेश तामाङले गरेका थिए ।

तालिम अधिकृत मातृका सुवेदीले बिषयगत सहजिकरण गरेको कार्यक्रममा सदस्यबाट आएका सुझाब तथा जिज्ञासा बारे सहजिकरण पनि गरिएको थियो । कार्यक्रम राम्रो भएको र फेरि पनि यस्ता अन्तरक्रिया मुलक कार्यक्रमहरु गरिनु पर्ने सुझाब सहभागीले दिएका थिए । 

कोशी प्रदेशकोे ६ जिल्लामा करिब एक लाख ९२ हजार सदस्य माझ बित्तिय सेवा पुर्याउँदै आएको सहारा नेपाल साकोस ३३ जना शेयर धनीको ३४ हजार शेयरपुँजी बाट बि स २०५२ चैत्र २१ गते तत्कालिन डिभिजन सहकारी कार्यालय चन्द्रगढीमा दर्ता भई शुरु भएको थियो । हाल सहारा नेपाल साकोसको वासलात १८ अर्व भन्दा बढि रहेको छ ।