उर्लाबारी ।
झापाको बिर्तामोड–२ मा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको मंगलवारे सेवा केन्द्रले दुई लाख रुपैयाँ ऋण मिनाहा गरेको छ । मंगलबारे सेवा केन्द्रले आज (शनिवार) संस्थामा कारोवार गर्दै आएकी सदस्यको ऋण मिनाहा गरेको हो ।

मंगलबारे सेवामा कारोवार गर्दै आएकी उर्लावारी नगरपालिका–२ डुम्रे स्थित शान्ति सहारा महिला समुहकी शेयर सदस्य विमला राईको श्रीमान मनिराम राईको गत चैत २० गते असामायीक निधन भएको थियो ।
संस्थाको कर्जा सुरक्षण नियम अन्तर्गत सदस्य विमला राईको यस संस्थामा रहेको कर्जा रकम २ लाख रुपैयाँ सेवा केन्द्रले मिनाहा गरेको हो ।
सहयोग समिति सदस्यहरू रामप्रसाद भण्डारी, शालीगराम ढकाल, ईन्द्रकुमार शेर्पा,हिरालाल गिरी, गोमा भट्टराई, समूह सदस्य सेवा केन्द्रका कर्मचारीको उपस्थितिमा क्षतिपूर्ति रकम वितरण गरिएको सहारा नेपाल सकोस मंगलबारे सेवा केन्द्र प्रमुख त्रिलोचन तिम्सिनाले जानकारी दिएका छन् ।