बिर्तामोड ।
अष्ट्रेलिया, न्यूजरल्याण्ड,युके, युएसए, क्यानडा लगायतका देशमा अध्ययनका लागि जाने विद्याथीलाई लक्षित गर्दै झापाको बिर्तामोडमा पहिलो पटक शैक्षिक ‘रोड शो’ को आयोजना गरिएको छ ।

काठमाडौं इन्फोसिस एजुकेशन कन्सलट्यान्सी ( KIEC ) को आयोजनामा जेठ २५ गते आइतवारका दिन बिर्तामोडमा शैक्षिक रोड शो को आयोजना गरिएको हो । पाँच देशका १२ वटा युनिर्भसिटिका विज्ञहरुले रोड शो मा सहभागी विद्यार्थी र अभिभावकलाई शैक्षिक परामर्श प्रदान गर्ने बिर्तामोडमा विहीवार पत्रकार सम्मेलन गर्दै जानकारी दिइयो ।
केआईईसीका प्रवन्ध निर्देशक रिजालको समेत उपस्थितिमा बिर्तामोडमा शाखाको समेत उद्घाटन गर्दै विद्यार्थीलाई झापाबाटै शैक्षिक परामर्श प्रदान गर्ने तयारी गरिएको बताइएको छ ।
आलोक कार्की, सुशील भण्डारी, सुमन उप्रेती, प्रितम कोइराला, सुमन श्रेष्ट लगायत ६ जनाको संयुक्त लगानीमा बिर्तामोडस्थित भद्रपुर रोडमा केआईईसीको १६ औं शाखा सञ्चालनमा आउन लागेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
कन्सलट्याण्सीबाट अध्ययनका लागि Australia, Newzealand, UK, USA, canada लगायतका देशमा जाने विद्यार्थीलाई शैक्षिक परामर्श समेत प्रदान गरिने जनाइएको छ । जसका लागि भारतमा लामो समयसम्म काम गरेका शैक्षिक विज्ञहरुले परामर्श दिने केआईईसी बिर्तामोड शाखाका सञ्चालक भण्डारीले जानकारी दिए ।
कोशी प्रदेशमा बिराटनगर र इटहरीमा शाखा कार्यालय रहेको केआईईसीका वंगलादेश सहित अष्ट्रेलिया र यु्केमा अन्तराष्ट्रिय तीन वटा शाखा रहेको सञ्चालक कार्कीको भनाई छ ।
केआईईसीको मुख्य कार्यालय भने काठमाडौंस्थित पुतलीसडकमा रहेको छ भने यो कन्सलट्यान्सी विगत १९ वर्षअघि देखि सञ्चालनमा रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
यो कन्सलट्यान्सीले हरेक वर्ष पाँच हजारको हाराहारीमा नेपाली विद्यार्थीलाई विदेश अध्ययनका लागि पठाउने गरेको कार्कीको भनाई छ ।
बिर्तामोडमा सञ्चालनमा आउन लागेको कन्सलट्यान्सीले विदेश जाने विद्यार्थीलाई काउन्सिलिङ सहित आयल्सका तयारी कक्षा, डकुमेन्टेशन र जान लागेको देशका विषयमा परामर्श दिने बताइएको छ ।