- रन्जित परियार
अर्जुनधारा ।
झापाको अर्जुनधारा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले अर्जुनधाराले शिक्षकहरुका लागि अंग्रेजी बिषय सम्बन्धि ५ दिने तालीम सम्पन्न गरेको छ । आधारभूत तह कक्षा १–५ तहमा कार्यरत सामुदायिक बिद्यालयका २८ जना अङ्ग्रेजी बिषय अध्यापन गराउने शिक्षकहरुलाई पुनरताजगी तालीम जेष्ठ १४ देखि १९ गते सम्म सञ्चालन गरिएको शिक्षा शाखा प्रमुख हरिबहादुर कँवरले जानकारी दिए ।

समय अनुसार पाठयक्रम बिकसित हुँदै गएको र विद्यार्थीहरुमा अध्यापन गर्ने रुचि र शिक्षकमा हुनु पर्ने सिपलाई मध्ये नजर गर्दै यो तालिमले भाषा सीप र कक्षा शिक्षणको समिषर्णले गुणस्तरमा वृद्धि हुने मात्र नभइ सामुदायिक बिद्यालयमा आफ्नो बालबालिका पढाउन अभिभावकहरुमा बिश्वास बढ्ने समापन कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले बताए।
त्यसैगरी सामुदायिक बिद्यालयमा केहि गुणस्तरीयतामा खच्किदो अवस्था रहे पनि हाल नगरमा नमुनाको रूपमा केही बिद्यालय अघि बढेको छन् भने अभिभावकहरुले नीजि भन्दा सामुदायिक बिद्यालयलाई बिश्वास गरेर आफ्नो बालबालिका अध्यापनका लागि पठाउँदै आएकाले स्थानीय सरकारले पनि लगानी र यस्ता तालीम सञ्चालन गर्दै आएको कार्यक्रमका अध्यक्ष प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल बताएका छन् ।
कार्यक्रममा अतिथि सामाजिक बिकास सम्योजक कौशिकलाल परियार (भोला), नेपाल शिक्षक महासंघ सचिव टंक न्यौपाने र प्रशिक्षार्थीको तर्फबाट लक्ष्मी मा बिका शिक्षक सुशील ढुङ्गेल, सिहबाहिनी आबिका दिपा अधिकारीले तालीम फलदायी भएको बताएका थिए ।
५ दिने तालीमको प्रशिक्षक शिक्षा तालीम केन्द्रका प्रशिक्षक तीर्थमान राइले र कार्यक्रमको सहजीकरण प्राबिधिक सहायक समिरा दाहालले गरेकी थिइन् ।