बिर्तामोड । 

फष्ट स्टेप इजुकेशनल कन्सल्टेन्सीले झापाको बिर्तामोडमा शाखा सञ्चालन गर्ने भएको छ । काठमाडौं, बुटवल, नेपालगञ्ज र दाङबाट सेवा प्रदान गर्दै आएको कन्सल्टेन्सीले अव झापाको बिर्तामोडबाट पनि सेवा दिन लागेको हो । 

कन्सल्टेन्सीले आज (आइतवार) बिर्तामोड–१ स्थित कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी करिव एक हप्तापछि शाखा कार्यालयको उद्घाटन गरिने जानकारी दिएको छ । 

१७ बर्षअघि स्थापना भएको कन्सल्टेन्सीले कोशी प्रदेशमा पहिलो पटक सेवा बिस्तार गर्न लागेको कन्सल्टेन्सीका प्रवन्ध निर्देशक अमित पौडेलले जानकारी दिए । 

कन्सल्टेन्सीले युके, फ्रान्स, अस्ट्रेलिया, क्यानडा, इन्डियालगायतका देशहरुमा अध्ययनका लागि जाने बिद्यार्थीहरुलाई शैशिक परामर्श अन्तरगत काउन्सिलिङ र भिषा प्रोसेसिङ साथै त्यहाँको रहनसहन, भाषा, धर्मसंस्कृति, वातावरण जस्ता बिषयमा परामर्श दिने प्रवन्ध निर्देशक पौडेलले जानकारी दिए ।  

पत्रकार सम्मेलनमा बिर्तामोड शाखा प्रमुख दिक्षा बस्नेत, कन्सल्टेन्सीकी राशिका उप्रेतीलगायतको उपस्थिति रहेको थियो ।