• रन्जित परियार 

बुट्टाबारी । 

बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा कार्यक्रम अन्तर्गत झापाको अर्जुनधारा–११ मा बाल सञ्जाल गठन भएको छ । वडाका दुई सामुदायिक बिद्यालय महारानीगञ्ज माबि, जुनकीरी सार्वजनिक आधारभूत बिद्यालय  र दुई सस्थागत होलिका अङ्ग्रेजी बोडिङ्ग र एभरग्रीन अङ्ग्रेजी बोडिङ्गका विद्यार्थीहरुको सहभागीतामा १३ सदस्य बाल सञ्जाल गठन भएको हो । 

बाल सञ्जालको अध्यक्ष मनिता राई महारानीगञ्ज, उपाध्यक्षमा तरनुम खातुन जुनकीरी, सचिवमा देवेन्द्र खतिवडा एभरग्रीन र सह–सचिवमा दिप्ती रसाइली होलिका र सदस्यहरुमा एलिसा महारानीगञ्ज, टंक गौतम होलिका, मुस्कान बास्कोटा जुनकीरी र दिप्सा गिरी एभरग्रीन रहेका छन भने अन्य सदस्य बाल सञ्जालको पहिलो बैठकले चयन गर्ने बाल संजालकि अध्यक्ष मनिता राइले बताइन् । 

बालमैत्री नगर घोषणा कार्यक्रम अन्तर्गत १० र ११ नम्बरबाट सुरु गरिएको र बालबालिका र अभिभावक र सरोकारवालाहरुसँग करुणा फाउन्डेसन सामाजिक बिकास मन्त्रालय कोशी प्रदेश, अर्जुनधारा नगरपालिकाको संयुक्त आयोजनामा विभिन्न चरणमा स्थानीय स्तरमा ५१ वटा सुचकहरुलाइ ब्यवस्थापन गर्दै अघि वढेको कार्यक्रम अध्यक्ष एवम् वडाध्यक्ष खगेन्द्र इङ्गनामले बताए ।

 कार्यक्रममा एस सकल्प नेपालकि कार्यकारी निर्देशक स्वास्तिका पोख्रेल र दयादेबी ओलीले सहजीकरण गगरेका थिए भने नवगठित बाल सञ्जालका सम्पूर्ण समितिलाई अतिथि महारानीगञ्ज माबि बाल संयोजक प्रदीप बस्नेत, जुनकीरी आबिका प्रधानाध्यापक रन्जित परियार जनप्रतिनिधि केशव अधिकारी, पुर्ण बहादुर राई लगायतले सफल कार्यकालको  शुभकामना व्यक्त गरेका थिए ।