झापा । 

झापाको बिर्तामोड–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था सेवाकेन्द्र मंगलबारले सदस्य शिक्षा तथा वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ । मंगलबारे सेवा केन्द्रको आयोजनामा मिक्लाजुङ गाउँपालिका–४ आम्वोटे टोलमा सदस्य शिक्षा तथा वितिय साक्षरता  कार्यक्रम  सम्पन्न भएको हो  । 

वर्तमान समयमा सहकारी क्षेत्रमा देखिएका कतिपय भ्रमहरू हटाई सदस्यहरूलाई संस्थाप्रति सकारात्मक सोचको विकास गराई संस्थाप्रति अपनत्वको अनुभूति गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियोे ।

सोमवार आम्वोटे सहारा महिला समूहका अध्यक्ष दुर्गा तुम्साको अध्यक्षतामा भएको कार्यक्रममा मंगलवारे सेवा केन्द्रका सहयोग समिति सदस्य ईन्द्रकुमार शेर्पा, सेवाकेन्द्र प्रमुख त्रिलोचन तिम्सिना, शेरबहादुर कटुवाल, प्रकाश श्रेष्ठले सहजीकरण गरेका थिए । 

कार्यक्रममा सदस्य र संस्थाबीच प्रगाढ सम्बन्ध बनाउने योजना तथा संस्थाको वस्तु तथा सेवाको जानकारी गराउनुका साथै संस्थाका सेवा सुविधा तथा सहकारीको विद्यमान अवस्था कानुनी विषय लाई सदस्य सामु जानकारी गराइएको थियो ।बचत तथा कर्जा प्रवाहलाई समय अनुरूप जानकारी गराउँदै समूह गुणस्तरीयता कायम गराउने र लघुवित्त सेवालाई अझ समय सापेक्ष बनाउन वित्तीय साक्षरता कार्यक्रम गरिएको थियो ।

कार्यक्रमका सहजकर्ताहरूले सदस्यहरुको संस्थाप्रतिको बुझाई अझ फरक तरिकाले गराउँदै जन्मदेखि मरणसम्म सहारा नेपालले गर्ने कार्यक्रमका बारेमा सदस्यहरूलाई  सेवाकेन्द्र प्रमुख त्रिलोचन तिम्सिनाले प्रस्ट पारेका थिए । यस्तै संस्थाका वचत सेवा ऋण सेवा रेमीटान्स सेवा मोवाईल वैकिक सेवाका वारेमा कर्मचारीद्वय शेरवहादुर कटुवाल र प्रकाश श्रेष्ठले प्रष्ट पारेका थिए ।  कार्यक्रममा सदस्यहरूले महिला लक्षित र उद्यमशीलता सम्बन्धी तालिम सञ्चालन गर्नुपर्ने सुझाव राखेका थिए ।  सेवा केन्द्रका फिल्ड कर्मचारी प्रकाश श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा २८ जना सदस्यको सहभागिता रहेको थियो ।