- रन्जित परियार
अर्जुनधारा ।
समावेशी शिक्षाका लागि शिक्षक र विद्यालय व्यवस्थापन समितिहरुलाइ दुई दिने अभिमुखीकरण तालिम सम्पन्न गरेको छ । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत अर्जुनधारा नगरपालिका भरिका २८ ओटा सामुदायिक बिद्यालयका २८ जना प्रधानाध्यापक तथा बिद्यालय ब्यवस्थापन समितिका २८ जना अध्यक्ष एवम् प्रतिनिधिहरु गरी ५६ जनालाई अर्जुनधारा नगरपालिकाले अभिमूखिकरण दिएको थियो ।

जेठ ८ देखि ११ गतेसम्म दुई समूह बनाएर ४ दिनसम्म तालीम सन्चालन गरिएको कार्यक्रम अध्यक्ष प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले बताए ।
कार्यक्रममा समुदाय एवम् बिद्यालयमा विभिन्न खाले अपाङ्गता भएका बालबालिकाहरुलाइ पहिचान गरि बिद्यालयमा उनिहरुको यथोचित ब्यवस्थापन गरि पठनपाठन गर्न सहज बनाउन उनीहरुको क्षमता अभिबृद्वी, श्रोत कक्षा र शिक्षण, पुनःस्थापनका र अपाङ्गता न्यूनीकरण गर्न लागि प्रधानाध्यापक, शिक्षक एवम् बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा सरोकारवाला अभिभावकहरुलाई अर्जुनधारा नगरपालिकाले उक्त तालीम सन्चालन गरेको हो ।
विभिन्न अपाङ्गता भएको बालबालिकाहरुले समाबेशी रूपमा बिद्यालयमा शिक्षा र सीप लिन पाउनु पर्छ र अब जन्मने बालबालिकाहरुले अपाङ्गता भएर जन्मनु नपरोस् भन्दै आमाको पेटबाटै चेकजाँचको ब्यवस्थापन गरिएको र प्रत्येक वाडमा स्वास्थ्यकर्मी र सहजकर्ता ब्यवस्थापन गरिएको कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख बलदेव गोम्देन, विशिष्ठ अतिथि उपप्रमुख खड्गमाया पराजुलीले बताएका छन् ।
कार्यक्रम करुणा फाउन्डेसन, सामाजिक बिकास मन्त्रालय कोशी प्रदेश, राष्ट्रिय अपाङ्गता महासंघ कोशी प्रदेश र अर्जुनधारा नगरपालिकाको संयुक्त आयोजनामा संचालित कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत रिमालले बताए। कार्यक्रममा सहभागीहरुको तर्फबाट श्री आधारभूत बिद्यालय अर्जुनधारा ९ का बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जितेन योन्जन भानु माबि अर्जुनधारा–५ का प्रधानाध्यापक रुपक दाहालले समावेशी शिक्षा सम्बन्धि यो अभिमुखिकरण तालिमले बिद्यालय र समुदायमा भएको अपाङ्गता भएको बालबालिकाहरुको श्रोत शिक्षक र कक्षा शिक्षण र सीप र पुनःस्थापनका लागि आफुहरु लागिपर्ने प्रतिबद्धतासहित लाभदायक तालीम प्रदान गरेकोमा आयोजकहरुमा धन्यवाद व्यक्त गरेका थिए ।
शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा संचालित तालीमको सहजीकरण शिक्षा शाखा प्रमुख हरिबहादुर कुँवरले गरेका थिए भने कार्यक्रम संचालन शाखाकी प्राबिधिक सहायक समिरा दहालले गरेकी थिइन् ।