शनिश्चरे । 

झापाको अर्जुनधारा नगरपालिकामा सञ्चालन दुई महिने लोकसेवा आयोग तयारी कक्षा सम्पन्न भएको छ । अर्जुनधारा नगरपालिकाको आर्थिक सहयोगमा भएको लोकसेवा तयारी कक्षा आज (आइतवार) सम्पन्न भएको हो । नगरको ४ लाख रुपैयाँ आर्थिक सहयोगमा भएको कक्षाको आयोजक फाउन्डेसन अफ नोभा एजुकेसन रहेको थियो । 

गत चैत १० गतेदेखि जेठ १० गतेसम्म सञ्चालन रहेको लोकसेवा तयारी कक्षामा नगरका कक्षा १२ पास गरेका नगर भरिका ८० जना जेहेन्दार र विपन्न परिवारका छात्र तथा छात्राहरु सहभागी थिए । 

नगरका जेहेन्दार तथा बिपन्न परिवारका छात्र तथा छात्रालाई लक्षित गरेर नगरले लोक सेवा आयोग तयारी कक्षा सञ्चालन गरेको थियो । 

रोजगारीका लागि विदेश मात्र जानु पर्दैन, नेपालमै पनि रोजगारी र सरकारी जागिर गर्न सकिन्छ भन्ने उदेश्यले  उदेश्यले लोकसेवा  आयोग तयारी कक्षा सञ्चालन गरिएको नगरले जनाएको छ । यस्ता कार्यक्रमहरू नगरमा स्थानीय जनप्रतिनिधि आएदेखि नै नियमित रूपमा सञ्चालन हुँदै आएको छ । 

अर्जुनधारा नगरपालिकाकी नगर उप–प्रमुख खड्गमाया पराजुलीको अध्यक्षतामा भएको समापन कार्यक्रममा सामाजिक विकास संयोजक भोला परियारको आतिथ्य रहेको थियो । कार्यक्रममा नगरका लेखा अुुधिकृत गोविन्द रिजाल, शनिश्चरे बहुमुखी क्याम्पसका निमित प्रमुख कृषन थापालगायतको उपस्थित रहेको थियो ।