- रन्जित परियार
अर्जुनधारा ।
झापा अर्जुनधारा नगरपालिका अन्तर्गत विभिन्न बिद्यालयमा बालक्लब गठन भएको छ । जनता माध्यमिक बिद्यालय अर्जुनधारा–३ का कक्षा ६ देखी १० सम्मका ५५० जना विद्यार्थीहरुले निर्वाचन प्रणालीमा भाग लिएर स्कुल क्याप्टेन छात्रतर्फ कबिन भण्डारी र छात्रातर्फ एलिजा शिवाकोटी चयन गरेका छन् ।

त्यसैगरी स्कुल भ्वाइस क्याप्टेन छात्रतर्फ नितेस सुवेदी, छात्रातर्फ नेहा घिमिरे अत्यधिक मत ल्याइ निर्वाचित भएको प्रधानाध्यापक जयप्रकाश भण्डारीले बताए।
महारानीगञ्ज माबि अर्जुनधारा–११ मा कक्षा १० का आदित्य उप्रेतीको अध्यक्षतामा १३ सदस्य समिति चयन भएको प्रधानाध्यापक मनबहादुर लिम्बुले बताए भने जुनकीरी सार्वजनिक आधारभूत बिद्यालय अर्जुनधारा ११ मा जुनकीरी बालक्लब गठन भएको छ । जसमा कक्षा ५ कि तरनुम खातुनको अध्यक्षतामा १५ सदस्य समिति चयन भएको निर्वाचन संयोजक प्रधानाध्यापक रन्जित परियारले बताए । सिहबाहिनी आधारभूत अर्जुनधारा–१० मा कक्षा ५ कि हिमा भण्डारीको अध्यक्षतामा १३ सदस्य समिति चयन भएको प्रधानाध्यापक चन्द्रप्रकाश तिवारीले बताए ।
विद्यार्थीहरुको चौतर्फी बिकाससँगै बालअधिकार, विद्यार्थीहरुको वृत्तिबिकासका लागि अतिरिक्त क्रियाकलापसँगै स्थानीय तह, बिद्यालय, विद्यार्थी बिचको सहकार्य र विद्यार्थीहरुमा परेको समस्या समाधानका लागि बिद्यालयमा बालक्लब गठन गरिएको जनता माबिका शिक्षक दिपक भण्डारीले जानकारी दिए ।
अब नगरमा रहेको नगर बाल क्लबलाई पनि पुर्नगठन गरि सक्रिय बनाउने भन्दै शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख हरिबहादुर कवर, जनता माबिका सामाजिक बिषयगत संयोजक शिक्षक पुर्णप्रसाद ढुङ्गेल, पर्शुराम भट्टराई, महारानीगञ्ज माबि मणिलाल खड्का, प्रदीप बस्नेत, जुनकीरी सार्वजनिक आधारभूत बिब्यस अध्यक्ष जगतबहादुर मगर, शिक्षक सुरेखा योङ्ग्याङ्ग, गिता देबि उप्रेती, सिहबाहिनी आधारभूत बिद्यालयका रामकुमार तिम्सिनालगायतले नवगठित बालक्लबका पदाधिकारीहरुलाइ सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।