बिर्तामोड ।
झापा बिर्तामोडको बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टरलाई नेपाल विद्युत प्राधिकरणले ‘अत्यन्त महत्वपूर्ण उपभोक्ताद्वारा सम्मान’ गरेको छ ।

नेपाल सरकारको स्वामित्वमा रहेको प्राधिकरणको कोशी प्रादेशिक कार्यालय विराटनगरले एक कार्यक्रमका बीच बीएण्डसीलाई अत्यन्त महत्वपूर्ण उपभोक्ताको सम्मान प्रदान गरेको हो ।
बीएण्डसीलाई २०८१ मा उच्चतम विद्युत खपत र नियमित विद्युत महसुल भुक्तानीका आधारमा सम्मान गरिएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।
कोशी प्रादेशिक कार्यालयअन्तर्गत बिएन्डसीसहित उत्कृष्ट १० अत्यन्त महत्वपूर्ण उपभोक्तालाई सम्मान गरिएको कोशी प्रादेशिक कार्यालयका प्रमुख राजीवकुमार सिंहले जानकारी दिएका छन्।