झापा । 

झापाको बाह्रदशी गाउँपालिका–६ स्थितमा रहेको मिनि माउण्टेन ईङलिस सेकेण्डरी बोर्डिङ स्कुलमा अध्ययनरत १७ जना बिद्यार्थी धाराको पानी खाएर बिरामी भएका छन् । 

विद्यार्थीहरुले आज (बुधवार) दिउँसो २ बजेको सोही बिद्यालयको खानेपानीको धाराबाट पानी पिउँदा बिरामी भएका हुन् । धाराको पानी पिउँदा बिद्यार्थीहरु पेट दुख्ने बिरामी भई सोही बिद्यालयको शिक्षकहरुले उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याएर उपचार गराई रहेका छन् । 

सबै बिद्यार्थीहरुको अवस्था सामान्य रहेको र इलाका प्रहरी कार्यालय घैलाडुब्बाको प्रहरी टोलीले थप अनुसन्धान  गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।