बिर्तामोड ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ कोशी प्रदेशको अध्यक्षमा झापाका मेडिकल ब्यवसायी कृष्णप्रसाद बजगाँई सर्वसम्मत निर्वाचित भएका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ कोशी प्रदेशको दोस्रो अधिवेशनबाट बजगाँई अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

मोरङको उर्लाबारीमा शनिवार भएको दोस्रो अधिवेशनबाट बजगाँईको अध्यक्षतामा ३१ समिति नयाँ कार्यसमिति चयन भएको छ । जसमा हाल २१ सदस्यीय सर्वसम्मत भएको छ भने अन्य सदस्य वैठकले मनोनित गर्ने अध्यक्ष बजगाँईले जानकारी दिए ।
महासंघका अध्यक्ष जगत मगरको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्रिय अध्यक्ष डा. झलक गौतमको प्रमुख आतिथ्य रहेको थियो । यसैगरी कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्रिय इन्चार्ज तथा पूर्व स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठ, नेकपा एमालेका स्यायी कमिटी सदस्य तथा जनसंगठन समन्यत्र प्रमुख भानुभक्त ढकाललगायतको बिशिष्ठ आतिथ्य रहेको थियो ।
अधिवेशनमा कोशी प्रदेशका १४ वटै जिल्लाका स्वास्थ्यकर्मीहरुको काक्लो सहभागीता रहेको बताइएको छ ।