झापा ।
अखिल नेपाल खेलकूद महासंघ तेह्रथुमको जिल्ला सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ । आज (मंगलबार) भएको प्रथम सम्मेलनले नरेन्द्र फुम्वो लिम्बुको अध्यक्षतामा २५ सदस्यीय नव जिल्ला कार्य कमिटी चयन भएको छ ।

अखिल नेपाल खेलकूद महासंघका केन्द्रिय सदस्य तथा जिल्ला खेलकूद विकास समितिका अध्यक्ष राजेन्द्र बरालको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका कोशी संयोजक तथा खेलकूल फ्याक्सन इन्चार्ज सन्तोष थारु (विश्व) को प्रमुख आतिथ्य रहेको थियो ।
नेकपा (मोओवादी केन्द्र) तेह्रथुम जिल्ला संयोजक प्रकाश लिम्बुको बिशेष आतिथ्य रहेको कार्यक्रममा खेलकूद महासंघका सचिव रितेश श्रेष्ठ, केन्द्रिय सदस्य मदन खड्का, नयन श्रेष्ठलगायले शुभकामना मन्तव्य राखेका थिए ।