झापा ।  

 शिक्षकहरुको शान्तिपूर्ण आन्दोलनमा रहेका शिक्षक–कर्मचारी माथि भएको यो कूर दमनको विरोधमा शिक्षकहरुले थप आन्दोलन चक्राउने भएका छन् ।

 नेपाल शिक्षक महासंघले आन्दोलनमा साथ दिन सवै पेशागत संस्था, आम शिक्षा सरोकार समूह तथा आम नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमासमेत अपील  गरेको छ । 

संघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले नेपाली शिक्षक–कर्मचारीहरु अग्रगामी विद्यालय शिक्षा ऐन बिना आफ्नो कार्यक्षेत्रमा नफर्कने पुनः उद्घोष गरेका छन् । उनीहरुले देशभरका सबै शिक्षक–कर्मचारीहरुलाई आफ्ना साथीहरु माथि भएको यो अत्याचारको प्रतिकार गर्न अनिवार्य काठमाडौं आएर आन्दोलनमा सहभागी हुन जोडदार अपील गरेका छन् । 

आइतबार भएको झडपपछि शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलनलाई थप चर्काउने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले आफूहरूमाथि भएको अत्याचारको प्रतिकार गर्ने जनाएको हो । 

 बानेश्वरमा भएको झडपमा ६२ जना शिक्षक तथा कर्मचारी तथा केही सञ्चारकर्मी घाइते भएका छन् । तीमध्ये झण्डै १ दर्जनको अवस्था निकै चिन्ताजनक रहेको महासंघले जनाएको छ ।