हल्दीबारी । 

झापाको हल्दीबारी गाउँपालिकाले स्थानीय पालिका गान निर्माण गर्ने भएको छ । गाउँपालिकाले आफ्नो भूगोल, कला, धर्म संस्कृति, भेषभूषा, रहन सहन, रितीरिवाज, पर्यटनलगायत विविध पक्षलाई समेटेर पालिका गान निर्माण गर्न लागेको हो ।

हल्दीबारी गाउँकार्यपालिकाको कार्यालयले स्थानीय पालिका गान निर्माणका लागि सूचिकृत हुने बारेको सूचना जारी गरेको छ । चालु आर्थिक बर्षभित्रै स्थानीय पालिका गान निर्माण गर्नु पर्ने भएकोले सोसँग  सम्बन्धित इच्छुक व्यक्ति, संघ संस्था एवं आधिकारिक फर्महरु मध्येलाई सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र सूचिकृत हुन पालिकाले आव्हान गरेको छ । 

सुचिकृतका लागि संस्था दर्ताको प्रमाणपत्र भए सोको प्रतिलिपी,  भ्याट तथा स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपी, कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी, स्थानीय पालिका गान निर्माणको अनुभव भए सोको प्रमाणसहित निवेदन दिन पालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) द्धारा जारी सूचनामा भनिएको छ ।