बिर्तामोड । 

झापा जिल्ला सहकारी संघको निर्वाचन सम्पन्नसँगै मतगणना जारी रहेको छ । संघको आठौं सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको लागि आज (शनिबार) बिर्तामोडमा निर्वाचन सम्पन्न भएको हो । 

 सम्पन्न निर्वाचनबाट निर्वाचित कार्य समितिले झापाको सहकारी आन्दोलनमा नेतृत्व गर्नेछ । संघमा रहेका ३१३ मतदाता मध्ये २४६ अर्थात ७८.५९ प्रतिशत मतदान दर कायम भएको निर्वाचनले जनाएको छ । 

निर्वाचन शान्तिपूर्ण र व्यवस्थित ढंगले सम्पन्न भएको छ भने आजै रातिसम्म मतगणना गरी परिणाम सार्वजनिक गरिने तयारी गरिएको छ ।