बिर्तामोड । 

झापा जिल्ला सहकारी संघ निर्वाचन तोकिएको समयमै आज (शनिवार) नै हुने भएको छ । संघका अध्यक्ष गणेश ढकाल र सचिव भवानीप्रसाद दंगाल (भानु) ले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै निर्वाचन आजै हुने जनाएका छन् । 

संघको संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको आठौं कार्यकालको निर्वाचनको सम्बन्धमा वैशाख १२ गते सदस्यहरुले पाएको संविधान प्रदत्त अधिकार प्रति हनन गर्न खोजी राजनैतिक पार्टी विचको भागवन्डा नमिलेको नाममा संघको कार्यालयमा तालाबन्दी गर्नु घोर आपत्तिजनक, निन्दनीय र अराजनैतिक हर्कतप्रति जिल्ला सहकारी संघले खेद व्यक्त  गरेको छ । 

निर्वाचन समितिले प्रकाशन गरेको पूर्व निर्धारित निर्वाचन कार्यतालिका अनुसार तोकिएको समयमै आज वैशाख १३ गते बिहान १० बजेदेखी दिउँसो ३ बजेसम्म मतदान कार्य सम्पन्न हुने जारी बिज्ञप्तिमा उल्ल्ेख छ । 

‘सम्पूर्ण मतदाता प्रतिनिधि महानुभावलाई जानकारी गराउदै निर्वाचन कार्यमा उत्साहापूर्ण ढंगले सहभागि हुन सम्पूर्ण सदस्य सहकारी संघ संस्थाका मतदाता प्रतिनिधीहरुलाई आवहान गर्दछौं ।, साथै कसैबाट कुनै किसिमको निन्दनीय कार्य भएमा त्यसबाट हुन जाने परिणामको जिम्मेवार सम्बन्धित पक्षले लिनु पर्नेछ । निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउन आवश्यक प्रवन्ध गरिएकोले पूनःसम्पूर्ण प्रतिनिधी महानुभावहरुमा जानकारी गराउदछौं ।’ अध्यक्ष ढकाल र सचिव दंगालद्धारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख छ ।