बिर्तामोड ।
झापा जिल्ला सहकारी संघको निर्वाचनको चहलपहल बढेको छ । बैशाख १३ गते अर्थात भोलि हुन लागेको निर्वाचनको अन्तिम नामावली सार्वजनिक भएसँगै उम्मेदवारहरुको भोट माग्न चहलपहल बढेको हो । ।

अघिल्लो कार्यकाल सचिव रहेका भवानीप्रसाद दंगाल (भानु) ले सचिव पदमा उम्मेद्वारी दिएका छन् । भानु आफ्ना नयाँ एजेण्डासहित चुनावी मैदानमा उत्रिएका छन् । उनले सुदृढ र व्यावसायिक संघको विकास, सहकारी संस्थाहरुको गुणस्तर विकास र स्थायित्व, सहकारी संस्था र संघको प्रवद्र्धन, वित्तीय सवलता, व्यावसायिक संघ र संस्थाको सुरक्षा–प्रवद्र्धन गरी छ वटा बुँदे कार्ययोजनाका साथ आफू चुनावी मैदानमा उत्रिएको बताएका छन् ।
लामो सयमदेखि सहकारी अभियानमा आबद्ध दंगाल सरकारको तीन खम्बे अर्थनीतिको एउटा खम्बाको रुपमा रहेको सहकारीलाई सुदृढ र सबल बनाउन सके मात्र मुलुकले हासिल गर्न खोजेको समृद्धि प्राप्त हुने बताउँछन् ।
उनले आफु लामो समयदेखि सहकारी अभियानलाई सशक्त बनाउन लागिपरेको र त्यसलाई साकर पार्न संघको सचिव पदमा उम्मेदवारी दिएको बताए । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षको जिम्मेवारीमा रहेका दंगाल करिब दुई दशकदेखि सहकारीकर्मी/अभियन्ताका रुपमा क्रियाशील रहेका छन् ।
निर्वाचन समितिले बैशाख ११ गते सार्वजनिक गरेको अन्तिम नामावली अनुसार क्रम संख्या १ रहेकाले सचिव पदमा अमूल्य मतदान गरी विजयी गराउन संघका सम्पूर्ण मतदातामा उनले अनुरोध गरेका छन् ।
यसैगरी सहकारी अभियन्ता ढुण्डीराज गुरागाँईले पनि खुल्ला सदस्य पदमा उम्मेद्वारी दिएका छन् । झापाको बिर्तामोड–४ मा रहेको सुगम कृषि सहकारी संस्थाका अध्यक्षसमेत रहेका गुरागाँई एक कुसल सहकारी अभियन्ता हुन् । हाल सहकारी क्षेत्रमा देखिएको बेथितिलाई संघमार्फत न्यूनिकरण गर्दै जाने उदेश्यले आफुले उम्मेद्वारी दिएको उनले बताए । खुल्ला सदस्य क्रम संख्या भोट गरेर अत्याधिक मतले बिजयी गराइदिन उनले सवै मतदाताहरुलाई अनुरोध गरेका छन् ।
संघको निर्वाचन भोलि शनिबार बिहान १० देखि दिउँसो ३ बजेसम्म बिर्तामोडस्थित साई पार्टी प्यालेस सिटी सेन्टरको सभा हलमा हुने निर्वाचन समितिले जनाएको छ । संघमा ३१३ मतदाता छन् ।