बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ३ ले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । ‘हाम्रो विर्तामोड स्वास्थ्य बिर्तामोड’ नाराका साथ बैशाख १५ गते वडा कार्यालयले स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको वडाध्यक्ष मदन बुढाथोकीले जानकारी दिए ।

शिविरमा महिलाको पाठेघर क्यान्सर जाँच, फिजिसियन सेवा (इसिजि सहित) र क्यान्सर सम्बन्धि सचेतना कार्यकम सञ्चालन हुने बताइएको छ । बिर्तामोड नगर अस्पतालमा शिविर बैशाख १५ गते सोमबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने बताइएको छ ।
निःशुल्क स्वास्थ्य शिविर विर्तामोड नगरपालिका ३ नं. वडा बासिहरुको लागि सञ्चालन हुने कार्यबहाक वडाध्यक्ष हरिप्रसाद बास्कोटाद्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ । शिविर पूर्वाञ्चल क्यान्सर अस्पताल तथा बीएण्डसी अस्पताल बिर्तामोडको प्राबिधिक सहयोगमा हुन लगोको वडाध्यक्ष बुढाथोकीले जानकारी दिए ।