चारपाने ।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले चैत मसान्तसम्मको बित्तिय बिवरण सार्वजनिक गरेको छ । झापाको बिर्तामोड–२ चारपानेमा मुख्य कार्यालय रहेको साकोसले आज (आइतवार) चैत मसान्तसम्मको बित्तिय बिवरण सार्वजनिक गरेको हो । साकोसले एक लाख ९० हजार १८० जना सदस्यको संख्या बनाएको छ ।

संस्थाले सार्वजनिक गरेको चैत मसान्तसम्मको बित्तिय बिवरण अनुसार शेयर पुँजी एक अर्व ७० करोड ७ लाख १६ हजार ५०० रुपैयाँ रहेको छ । जगेडा कोष १ अर्व २६ करोड ३६ लाख १७ हजार ४९२, कूल बचत १३ अर्व ७६ करोड ७३ लाख ८० हजार ८८ रुपैयाँ, लगानीमा रहेको ऋण ११ अर्व ५२ करोड ३४ लाख ४९ हजार २५१ रुपैयाँ छ ।
त्यस्तै कुल संस्थागत पूँजी १ अर्व ३० करोड ३४ लाख ७१ हजार २९७, विभिन्न कोषहरुको जम्मा रकम १ अर्व २० करोड २२ लाख ४७ हजार ४५८, कूल सम्पति १७ अर्व ८६ करोड ८६ लाख ४८ हजार २७४, तरलता रकम ४ अर्व ७९ करोड ४१ लाख २९ हजार ३४१ रुपैयाँ रहेको छ भने बाह्य ऋण नरहेको संस्थाद्धारा जारी बित्तिय बिबरणमा उल्लेख छ ।
त्यसैगरी बाह्य ऋणको प्रतिशत शुन्य, संस्थागत पुँजीको प्रतिशत ७.२९ प्रतिशत, तरलता ३४.८२ प्रतिशत, कुल ऋणि सदस्य ६९ हजार २७१ रहेको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी र उप–निर्देशक दिनेशबहादुर निरौलाद्धारा हस्ताक्षरित बित्तिय बिवरणमा उल्लेख छ ।
११ वटा जिल्ला र ८० वटा पालिकाको स्वीकृति पाएको देशकै ठूलो सहकारी संस्था सहारा नेपाल साकोसले ६ वटा जिल्लाका ७० वटा पालिकाका ८१ वटा सेवा केन्द्र, ७ वटा अनुगमन कार्यालय, मुख्य कार्यालयसहित ८९ स्थानबाट सेवा प्रदान गर्दै आएको संस्थाले जनाएको छ ।