शनिश्चरे ।
झापाको अर्जुनधारा नगरपालिकामा नगर उप–प्रमुख प्रदेश स्तरीय खुल्ला कप ब्याडमिण्टन प्रतियोगिता हुने भएको छ । अर्जुनधारा नगर खेलकूद विकास समितिको आयोजनामा बैशाख १३, १४ र १५ गते तीन दिने कोशी प्रदेश स्तरीय ब्याडमिण्टन प्रतियोगिता हुने भएको हो ।

अर्जुनधारा नगर खेलकूद विकास समितिले आज (शुक्रवार) नगरको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताका बिषयमा जानकारी दिएको हो ।
नगर खेलकूद समितिले नयाँ बर्ष २०८२ साथै लोकतन्त्र विवसको अवसरमा शुभकामना आदान–प्रदान कार्यकमसहित प्रदेश स्तरीय खुल्ला नगर उप–प्रमुख कप ब्याडमिण्टन प्रतियोगिता २०८२ गर्ने भएको छ ।
‘नगर खेलकुदको पहिचान नगरको शान, खेलाडीहरुको क्षमता बलतामा वृद्धि विकास गर्ने हाम्रो अभियान’ भन्ने नारालाई सार्थक बनाउन नगर खेलकुद विकास समितिले प्रतियोयगाताको आयोजना गरेको नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले जानकारी दिए ।
कोशी प्रदेश क्षेत्रभरि रहेका जनप्रतिनिधीहरु कर्मचारीहरु युवा तथा रिटार्ड जीवन बिताइरहेका समाजसेवी व्यक्तिहरुलाई व्याडमिण्टन खेलको माध्यमबाट अनुशासित, दक्ष र स्वस्थ्य साथै उनीहरु बिच साथित्वको भावना अझ प्रगाढ बनाउने उद्देश्यका साथ ब्याडमिण्टन प्रतियोगिता आयोजना गरिएको अध्यक्ष धिमालले बताए ।
प्रतियोगिता अर्जुनधारा–६ स्थित बिर्ता ब्याडमिण्टन हलमा हुने नगर खेलकुद विकास समितिका सचिव खगेन्द्र लिङ्देनले बताए । प्रतियोगिताका सम्पूण खेलहरु बिएफडब्लु/एनबिएको नियमानुसार खेलाइने आयोजकले जनाएको छ ।
प्रतियोगितामा भेट्रान्स ओभर प्रदेशस्तरीय प्रथम हुनेले ३० हजार, दोस्रोले २० हजार र तेस्रो हुने २ जनाले १२ हजार पुरस्कार पाउनेछन् । यस्तै खुल्ला डबल पुरुष प्रदेश स्तरीय प्रथम हुनेले ४० हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो हुने २ जनाले २० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
प्रतियोगिथतामा निजामति, स्वास्थ्यकर्मी, शिक्षक, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, टेलिकम, विद्युत प्राधिकरण, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीको हकमा नागरिकता र परिचय पत्र अनिवार्य हुनुपर्ने र झापा जिल्ला सेवारत जनप्रतिनिधि वा कार्यरत कर्मचारीहरु मात्र सहभागी हुन पाउने छन् ।
भेट्रान्स खेलाडीको हकमा ४५ बर्ष पुरा भएको उमेर प्रष्ट खुल्ने प्रमाण–पत्र अनिवार्य पेश गर्नु पर्नेछ भने जनप्रतिनिधि तथा कर्मचारी र भेट्रान्सको तथा खुल्ला प्रतियोगीको दर्ता शुल्क प्रति टिम दुई हजार रुपैयाँ लाग्ने आयोजकले जनाएको छ ।
यसैगरी टिम दर्ता २०८२ बैशाख ११ गते ४ बजेसम्म आएको निवेदन मात्र आधिकारिक हुने, खेल योनेक्स एमएभीआईएस ३५० कर्कद्वारा खेलाइने, खेलाडीहरुले खेल तालिका शुरु हुन भन्दा ३० मिनेट अगाडी अफिसियल ड्रेसमा खेल स्थानमा उपस्थिति हुनु पर्ने, खेलाडीहरुको टिसर्ट अनिवार्य रुपमा बिएफडब्लस/एनबीएको नियमानुसार हुनुपर्ने, खेलाडीहरुले प्रत्येक इभेन्ट्समा छुट्टै इन्ट्रि फि बुझाउनु पर्ने, खेल बैशाख १३ गते बिहान ८ बजेबाट शुरु हुने, प्रतियोगिताको खेल दौरानमा कुनै पनि विबाद आएमा आयोजक र निर्णायकको निर्णय नै अन्तिम हुने आयोजक नगर समितिले जनाएको छ ।
प्रतियोतिाका लागि अनुमानित ६ लाख १३ हजार खर्च हुने आयोजकले जनाएको छ । नगर खेलकूदका अध्यक्ष धिमालको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा–६ का वडाध्यक्ष हरिशचन्द्र बास्तोला, अर्जुनधारा–११ का वडाध्यक्ष खगेन्द्र इङनामलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण सचिव लिङ्दनेले गरेका थिए । कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, नगर समितिका सल्लाहकार बीरबहादुर राई, खेलाडी नविन सिलवाललगायतको आतिथ्य रहेको थियो ।