हल्दीबारी ।
झापाको हल्दीवारी गाउँपालिकाले केहिदिन यता देशभरका शिक्षकहरू आन्दोलनरत रहँदा बालबालिकाको भविष्य माथि अन्यौलता छाएको जनाएको छ ।

पालिकाले आज (बिहीवार) एक प्रेस बिज्ञप्ति जारी गर्दै शिक्षकको आन्दोलनले हल्दीबारी गाउँपालिका साथै झापासहित देशभरको शैक्षिक गतिविधि ठप्प हुने भएको भन्दै आन्दोलनरत शिक्षकहरूसँग समयमै वार्ता र उचित माग सम्बोधन गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
नेपाल शिक्षक महासंघ केन्द्रीय कार्य समितिको आन्दोलनमा केहिदिन यता देशभरका शिक्षकहरूबाट संघीय शिक्षा ऐन जारी लगायतका विविध मागहरू राखेर भइरहेको आन्दोनका सम्बन्धमा सबैमा अवगत नै भएको र जारी आन्दोलनका सम्बन्धमा नेपाल सरकार गम्भिर हुनु पर्नेमा पालिकाले जोड दिएको हो ।

शिक्षकको आन्दोलनका कारण पठन–पाठन लगायतका शैक्षिक कार्यक्रममा गम्भिर असर पुगेको पालिकाले जनाएको छ । हल्दीवारी गाउँपालिकालगायत झापा जिल्लाकासमेत अधिकांश शिक्षक तथा कर्मचारीहरू माध्यमिक शिक्षा परीक्षा (एसइइ) र आधारभूत तह परीक्षा कक्षा–८ (बिएलइ) अन्र्तगतका उत्तरपुस्तिका परीक्षण कार्यमा सहभागी नहुँदा बालबालिकाको भविष्य र सम्पूर्ण शैक्षिक गतिविधिमा समेत असर पर्ने पालिकाद्धारा जारी प्रेस बिज्ञप्तिका उल्लेख छ ।