हल्दीबारी।
झापाको हल्दीबारी–३ मा नव वर्ष २०८२ को अवसरमा २ दिने आवासीय नेपाल स्काउटको कार्यक्रम सम्पन्न भएको छ । नेपाल स्काउट कोशी प्रदेश स्काउट विर्ता युथ स्काउट क्रयू विर्तामोडको आयोजनामा चिल्ड्रेन गार्डेन अंग्रेजी स्कुलमा सञ्चालिन नेपाल स्काउटको कार्यक्रम सम्पन्न सम्पन्न भएको हो ।

झापा जिल्ला अन्तर्गत अर्जुनधारा नगरपालिकाबाट एमस एकाडेमी, अर्जुनधारा मावि, विर्तामोड नगरपालिकाबाट इडेन गार्डेन, मनकामना अंग्रेजी स्कुल, भद्रपुर नगरपालिकाबाट मुनाल एकाडेमी, ज्ञान सरोवर अंग्रेजी स्कुल र हल्दीबारी गाउँपालिकाबाट सिग्मा र चिल्ड्रेन गार्डेन अंग्रेजी स्कुल गरी ८ वटा विद्यालयवाट करिव १२० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो।
चिल्ड्रेन गार्डेन अंग्रेजी स्कुलका प्रिन्सिपल दुर्गामणि गौतमको अध्यक्षता तथा हल्दीबारी गाउँपालिका–४ का वडाध्यक्ष सन्तकुमार थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रमका साथ गएराति १२ बजे क्याम फायरसहित २०८१ लाई विदाई र २०८२ लाई स्वागत गरिएको थियो ।
नववर्ष २०८२ बैशाख १ गते पाथिभरा सिंहकारी देवीको दर्शन गरी जलथलको वडाबारी, डढुवा सम्म शान्ति प्रभातफेरी सम्पन्न भएको थियो । प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए। उक्त कार्यक्रममा अरुण वस्नेत राष्ट्रिय सुशासन श्रोत बिकास तथा आयुक्त, चन्द्र शेखर मैनाली स्काउटर, प्रदेश प्रशिक्षक तथा सहायक राष्ट्रिय प्रशिक्षक नारायण श्रेष्ठ, सिवानी देवान शैक्षिक पद्धति आयुक्त कोशी प्रदेश, सुदिप पोखरेल विद्यालय संचालक अध्यक्ष चिल्ड्रेन गार्डेन अंग्रेजी स्कुल हल्दीबारी–३, प्रतिमा भुजेल अध्यक्ष शिक्षक अभिभावक संघ, वन्दना अधिकारी मनकामना स्कुल विर्तामोड, निशान गिरी भद्रपुर, सुष्मिता भुजेल ज्ञानज्योति स्कुल गौरादहलगायतको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा जलथल प्रहरी चौकीका ईन्चार्ज कृष्णप्रसाद दुलालले सहजीकरण गरेका थिए भने नेपाल स्काउटका रेन्जर स्मारिका तिवारी र जेनी चन्दले कार्यक्रम सञ्चालन गरेका थिए।