सुरुङ्गा ।
झापाको कनकाई नगरपालिकाले स्वास्थ्य शाखा अन्तरगत बिभिन्न कार्यक्रमहरुलाई निरन्तरता दिदै आएको छ । नगरको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षण नारायण अधिकारीले दिएको तथ्याङ्क अनुसार नगरका ९ वटै वडामा डेङ्गी रोग नियन्त्रण कार्यक्रम अन्तरगत ४३७ जनालाई अभिमुखिकरण गराइएको छ ।

आर्थिक बर्ष २०८१/०८२ साउन महिनादेखि फागुन महिनासम्म अर्थात हालसम्म नगरको स्वास्थ्य शाखा अन्तरगत भएका कार्य सम्पादन अनुसार राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गरेर ४३५६ जना वालवालिकाहरुलाई भिटामिन ए तथा ३९६३ जनालाई भिटामिन ए र जुकाको औषधि सेवन गराएको छ ।
यसैगरी स्वास्थ्य संस्थाका ९ जना कार्यक्रम फोकल पर्सनलाई एक पटक पोषण कार्यक्रमको वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी दिइएको छ ।
स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ्ग १६ जना कर्मचारीलाई उत्तर प्रसुति घरभेट कार्यक्रमको वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी भएको, उपप्रमुख सुत्केरी पोषण बितरण कार्यक्रम अन्तरगत २०३ जना सुत्केरी आमाहरुलाई ३ हजार रुपैयाँका दरले पोषण वापतको रकम बितरण गरिएको, ६ बर्षदेखि ११ बर्ष सम्मका १५६ जना र १२ बर्ष माथिका ८९७ जनालाई कोभिड १९ बिरुद्धको फाईजर खोप दिइएको नगरले जनाएको छ । कनकाई नगरका ९ वटा वडा अन्तरगत २२ जना स्वयंसेविकाहरु रहेका छन् ।
कनकाई नगरपालिका अन्तर्गतका ९ वटै वडाका २२ जना महिला स्वास्थ्य स्वयंसेबिकाहरु रहेका बताइएको छ । नेपाल सरकारले दिएको प्रोटोकल अनुसारका विभिन्न ७९ प्रकारका औषधी तथा सामग्रीहरु कनकाई नगरपालिका अन्तर्गतका ९ वटै सरकारी स्वास्थ्य संस्थाहरुमा वितरण गरिदै आएको छ । निर्देशिका अनुसार ७२ जनालाई विपन्न नागरिकहरुलाई सूचिकृत अस्पतालहरुमा सिफारिस गरिएको छ ।
११० जना मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी तथा मेरुदण्डको पक्षघात भएका बिरामीहरुलाई ६ महिनाको मासिक ५ हजारका दरले भुक्तानी भइसकेको र माघ, फागुन र चैत महिनाको भुक्तानीको तयारी गरिएको, एच.पि.भि.खोप अभियानमार्फत गत माघ २२ देखि २८ गतेसम्म बिद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका वालिका र समुदायका १० देखि १४ वर्षका किशोरीहरुलाई २५८१ जना खोप सेवा प्रदान गरेको, प्रजनन् रुग्णता कार्यक्रम अन्तरगत नगरपालिकाका ५७७ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सरको जाँच र २८ जना महिलाहरुको आङ्ग खस्ने समस्याको पहिचान र ब्यवस्थापन भएको स्वास्थ्य शाखाले जनाएको छ ।
त्यसैगरी नियमित रुपमा सञ्चालन हुने खोप कार्यक्रम अन्तर्गत पूर्ण खोप सुनिश्चितताको दीघो पनाका लागि अवश्यक प्रकृयाहरु भइरहेका, पहिलो पटक ११७५ जना गर्भवती महिलाहरुको ८ पटक नेपाल सरकारको प्रोटोकल अनुसार ३०८ जनाको गर्भजाँच भएको, नगर अस्पतालवाट गत साउन महिनादेखि हालसम्म ४५ जना महिलाहरुलाई सामान्य सुत्केरी गराइएको नगरको स्वास्थ्य शाखाले जनाएको छ ।