चारपाने ।
देशकै सवै भन्दा ठूलो सहकारी संस्था सहारा नेपाल तथा ऋण सहकारी संस्था लिमिटेडले ३० औं स्थापना दिवस सफलता पूर्वक मनाएको छ । झापाको बिर्तामोड–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको संस्थाले आज (बिहीवार) रक्तदान कार्यक्रमसहित विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाएको हो ।

सामाजिक कार्यमा आधारित भएर गरिवी न्यूनिकरणको भावका साथ कार्य गर्दै आएको संस्थाले स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । उक्त रक्तदान कार्यक्रममा ८१ पिन्ट रगत संकलन भएको जनाइएको छ ।
सोही कार्यक्रमकाबिच रामप्रसाद सिटौलाले छोरीको नाममा स्थापना गरेको लीलादेबी सिटौला सीर्जनशील नागरिक अक्षयकोषमार्फत पाँछ वटा सामाजिक संस्थालाई सहयोग गरिएको छ । उक्त अक्षयकोष मार्फत तारा नमस्ते बालग्राम बिर्तामोड, परोपकार तथा अनुसन्धान केन्द्र बिर्तामोड, नेत्रहिन संघ बिर्तामोड, अपाङ्ग वाल शिक्षा सरोकार केन्द्र अर्जुनधारा र सुस्तमनस्थिति सरोकार समाज नेपाल कनकाईलाई जनही १० हजार रुपैयाँ सहयोग गरिएको थियो ।
२०५२ साल चैत २१ गते ३३ जना शेयर सदस्य र ३४ हजार रुपैयाँ शेयर पुँजीबाट स्थापना भएको साकोसको हाल एक लाख ९० हजार शेयर सदस्य र एक अर्व ७० करोड ११ लाख रुपैयाँ शेयर पुँजी पुरयाउन सफल भएको छ ।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा संस्थाका गतिविध प्रस्तुत गर्दै कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले बाह्य ऋण शुन्यमा झार्न सफल भएको बताए । उनका अनुसार ऋण लगानी ११ अर्ब ५० करोड, वासलात १७ अर्ब ७५ करोड, बचत १३ अर्ब ७५ करोड र संस्थागत पूँजी एक अर्ब ३० करोड रहेको छ । साकोसले हाल ८० वटा सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको कार्यकारी प्रमुख गिरीले बताएका छन् ।
संस्थाको कार्यक्षेत्र मित्र रहेका सम्पूर्ण स्थानीय तहका सबै वडाहरूमा सेवा विस्तार गरी ५ लाख सदस्य पुन्याउने, संस्थाको कार्य क्षेत्रभित्र रहेका कुल परिवार संख्याको ४० प्रतिशत परिवारमा वित्तीय सेवा पुन्याउने, संस्थाको शेयर पूँजी २ अर्ब, बचत १८ अर्ब र ऋण लगानी २० अर्ब पुरÞ्याउने, संस्थाको दिगोपनाका लागि संस्थागत पूँजीलाई वृद्धि गरी २ अर्ब पुरÞ्याउने, संस्थामा आबद्ध सम्पूर्ण सदस्यहरूलाई स्वास्थ्य तथा सामाजिक सुरक्षा योजना अन्तर्गतका सेवा उपलब्ध गराउने संस्थाको योजना रहेको कार्यकारी प्रमुख गिरीले जानकारी दिए ।
यसैगरी सम्पूर्ण शेयर सदस्यहरू मध्येबाट २० प्रतिशत सदस्यहरूलाई जीवन उपयोगी सीप उपलब्ध गराई उद्यमशील बनाउने, संस्थाले प्रदान गरेका सेवाहरूबाट आफ्ना सदस्यहरूको जीवन स्तरमा क्रमिक सुधार ल्याउने, युवा, महिला तथा पछाडि पारिएको समुदायका लागि सामाजिक तथा आर्थिक समावेशीकरणका योजना अगाडि बढाउने संस्थाको योजना लक्ष्य रहेको उनले बताए ।
संस्थाले गरिबी न्यूनीकरण, उद्यमशीलता र रोजगारी सिर्जना, स्वास्थ्य क्षेत्रमा योगदान, शिक्षा क्षेत्रमा सहयोग, जैविक विविधता तथा वातावरण संरक्षणमा योगदान, सामाजिक दक्षेत्रमा योगदान, कृषि क्षेत्रमा वित्तीय तथा प्राविधिक सहयोग, प्राकृतिक विपतिमा हातेमालो, पशुपालन क्षेत्रमा किसानलाई सहयोग, लैगिक समानता र सामाजिक समावेशीकरणमा योगदान, सामाजिक सुरक्षा र सदस्यको संरक्षण, युवा सहभागितामा बुद्धि, प्रविधि मैत्री सेवा, संस्थाले प्राप्त गरेको सम्मान तथा पुरस्कार र सदस्य अध्ययन अवलोकन भ्रमण गराउँदै आएको समेत गिरीले जानकारी दिए ।
संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाको प्रथम उपाध्यक्ष छविलाल खतिवडाले स्वागत गरेको कार्यक्रममा सल्लाहकार तथा कनकाई नगरपालिकाकी नगर उप–प्रमुख आशा शर्मा शिवाकोटी, सल्लाहकार केशवप्रसाद ओझालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन कोषाध्यक्ष डम्बर देउजाले गरेका थिए । सोही कार्यक्रममा सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।