चारपाने ।
झापाको बिर्तामोड–२ स्थित चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था आजबाट ३० औं बर्ष प्रवेश गरेको छ । वि.सं. २०५२ फागुन २१ गते बिधिवत दर्ता भएको सहारा नेपाल साकोस अहिले देशकै सवै भन्दा ठूलो सहकारी हुन सफल भएको छ ।

सहारा नेपाल साकोसले आज विविध कार्यक्रम गरेर ३० औं स्थापना दिवस मनाउँदैछ । समुदायमा रहेका विपन्न नागरिकको जीवन स्तरका लागि सहारा बन्दै आएको सहाराले ३० औं स्थापना दिवसमा आज रक्तदानसहित बिभिन्न कार्यक्रम गर्ने जनाएको छ ।
स्थापना कालमा ३३ जना शेयर सदस्य र ३४ हजार रुपैयाँको शेयर पूँजीबाट शुरु भएको सहारा नेपाल साकोसले हाल एक लाख ९० हजार शेयर सदस्य पुर्याउन सफल भएको छ । संस्थाले अहिलेसम्म एक अरब ७० करोडको शेयर पूँजी, एक अरब ३० करोडको संस्थागत पूँजी, १३ अरब ७५ करोडको बचत संकलन, र ११ अरब ५० करोडको ऋण लगानी गरेको संस्थाको बाह्य ऋण शून्य रहेको छ । तयसैगरी हाल झण्डै १८ अरबको वासलात रहेको संस्थाका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले जानकारी दिए ।
- कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी लेख्छन् :
‘हामी बिहानै संस्था दर्ताको प्रमाण पत्र ल्याउन जाने तयारीमा थियौ, त्यो बेला इनरुवाबाट मात्रै संस्था दर्ता हुन्थ्यो । फागुन ११ गतेको प्रारम्भिक भेलाबाट नै हामीले सबै साथीहरुलाई एउटा सहकारी संस्था खोलौ, त्यस्को लागि सबैले १÷१ हजार उठाऔ भनेर सल्लाह गरियो। त्यो बेला धेरै जना भेला भएका थियौ । तर, घैलाडुवाबाट स्व लालराज सुवेदी, दुर्गापुर साझाका पूर्व ब्यवस्थापक स्व. कुलदिप गिरी, अर्जुनधाराबाट आयल निगममा काम गर्दै आउनु भएका स्व. छ्बीलाल खनाल, मलाइ पढाउने गुरु स्व. ताराप्रसाद सन्जेल, मेरो बुवा को दगकष्लभकक उबचतलभच लील ब. खडका र चारपानेबाट फोटो ग्राफी गर्दै आएका चणडि रिजाल, हजुरबुबा स्व. पर्शुराम गिरीलगायत अहिले जिवित रहुनु हुने २६ जनासहित ३३ जनाले बिनियमको पछाडि सहि गरियो। कति जनाले पत्याउनु भएको थिएन । सुख अनि दुःखका उकाली ओरालीहरु पार गर्दै आज ३० बर्ष पनि भै सकेछ। ती संस्था जन्माउनेहरु कोहि बिति सक्नु भए र अधिकांश बुढो भै सक्नु भएको छ । चारपानेमा रहेको स्व पर्शुराम गिरी हजुरबुबाको दुइटा राम्रो काठको घर मध्ये पूर्व पट्टिको घरको एउटा कोठामा अफिस राखियो । प्रौढ कक्षा पढाएको ब्लाक बोर्ड ठोकेर बनाएको टेवलबाट कारोबार शुरु गरियो। २०५२ साल चैत २१ गते बिधिवत दर्ता भै शुरु गरिएको सहारा नेपाल साकोस आज ३० बर्ष पुगेछ। मुलुकको अग्रणी संस्था बन्न पुगेको छ। यस अवसरमा सबै शेयर सदस्यहरु, कर्मचारी, समुदायका सबै तह र तप्कामा स्थापना दिवसको हार्दिक शुभकामना।’
साकोसको स्थापना दिवसको अवसरमा कार्यकारी प्रमुख गिरीले सम्पूर्ण शेयर सदस्य, कर्मचारी, सहकारी अभियान, सरोकारवाला र समस्त जनसमुदायमा संस्थालाई यो उचाईमा पुऱ्याउन सहयोग गरेको भन्दै हार्दिक आभार व्यक्त गरेका छन् ।