लक्ष्मीपुर ।  

झापाको अर्जुनधारा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा अर्जुनधारा नगरपालिका वडा नम्बर ५ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । आगामी चैत १४ गते अर्जुनधारा–५ स्थित टोल नम्बर १ महिला स्वास्थ्य स्यमंसेविका हिमकला पौडेलको घर कञ्चनवाडी शिविर हुने भएको हो । 

स्वास्थ्य शिविरमा महिलाहरुका लागि बिभिन्न स्वास्थ्य परिक्षण हुने भएकाले उपस्थिति भएर परिक्षण गराउन अर्जुनधारा नगरपालिका वडा नम्बर ५ कार्यालयले सवैमा आग्रह गरेको छ । 

शिविरमा महिलाहरुको पाठेघरको मुखको क्यान्सरको स्क्यानिङ, स्तन क्यान्सर, अब्स्ट्रेटिक फिस्टुला, आङ खस्ने, समस्या तथा बाझोपन जस्ता समस्याको निःशुल्क परिक्षण गरि प्रारम्भिक व्यवस्थापन गर्ने कार्यक्रम सञ्चालन हुने अर्जुनधारा–५ का वडाध्यक्ष गिताराज खड्का (हरि) द्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।