झापा । 

डिभिजन वन कार्यालय झापाको समन्वयमा  बुद्धशान्तिमा रोगी अवस्थामा फेला परेको जङगली हात्तीको पशु चिकित्सकले जङ्गलमा नै उपचार गरेका छन् । बुद्धशान्ति गाउंपालिका ५ स्थित  पाँचपोखरी सामुदायिक वन क्षेत्रमा  रोगी  अवस्थामा फेला परेको हात्तीको शुक्रबार सफल उपचार गरिएको मेची सव डिभिजन वन कार्यालय धाइजनका वन अधिकृत सुरज निरौलाले जानकारी दिए ।

राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) का बिज्ञ चिकित्सहरुको प्राविधिक टोलीले घाइते हात्तीको जंगलमै उपचार गरेर छाडेको हो । चितवन राष्ट्रिय निकुञ्ज भेटनरी अस्पतालका डाक्टर अमिर सडौला तथा राष्ट्रिय पकृति संरक्षण कोष कोशीटप्पुका  पुरुषोत्तम मुडोबरीको नेतृत्वमा आएको प्राविधिक विज्ञ टोली , डिभिजन वन कार्यालयका सोनाम भाल सहितको टोलीले घाइते हात्तीलाई डार्टिङ गरी  सफल उपचार गरेको डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठले जानकारी दिए ।

घाइते हात्तीको पछाडिको दाहिने खुट्टा र पुच्छरको फेदमा घाउ  देखिएको मेचि सव डिभिजन वन कार्यालयका साहयक वन अधिकृत डिल्लीराम खरेलले जानकारी दिए ।  रोगी हात्तीको उपचारमा पाँचपोखरी सामुदायिक सहित अन्य वनका पदाधिकारी, आरआरटी , सामुदायिक वन महासंघको टोली, स्थानीय, डिभिजन तथा सव डिभिजन मेचीका  कर्मचारी तथा प्रहरी प्रशासनको उपस्थिति रहेको थियो ।

संकेत तस्वीर