हल्दीबारी । 

झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर ४ मा बिभिन्न रोगीका लागि सात दिने स्वास्थ्य शिबिर सञ्चालन भएको छ । हल्दीबारी–४ का वडाध्यक्ष सन्तकुमार थापाले आज (बुधवार) शिविरको उद्घाटन गरेका छन् । पहिलो दिनको शिविरमा २ सय ३७ जनाले सेवा लिएका छन् । 

‘स्वास्थ्य जीवन सन्तुष्ट मन यहि हो हाम्रो अमुल्य धन’ मुल नाराका साथ  सात दिने निशुल्क आ.म.श. उपचार शिविर सञ्चालन भएको हो । परिवर्तन संघ झापाको आयोजना तथा हेभेन्ली÷निर्भाणा पाथ नेपाल हल्दिबारी–१. गोलधाप इकाईको सह–आयोजनामा शिविर सञ्चालन भएको हल्दीबारी–४ का वडाध्यक्ष सन्तकुमार थापाले जानकारी दिए ।  

शिविरमा प्यारालाईसेस, ग्यास्ट्रिक (गानो गोला), माईग्रेन, युरिक एसिड (हात गोडा दुख्ने), खाना नपच्ने, पिनास, ढाडको समस्या, नशा सम्बन्धी,  मानसिक सम्बन्धी रोगहरुलगायतको वैकल्पिक उपचार बिधिबाटबाट उपचार गरिने बताइएको छ । आजबाट शुरु भएको शिविर आगामी चैत १२ गतेसम्म सञ्चालन हुनेछ ।