झापा । 

झापाको कनकाई नगरपालिका वडा नम्बर ४ मनकामना टोलबाट लागूऔषध गाँजासहित आज (बुधवार) ३ः३० बजेको समयमा दुई जना पक्राउ परेका छन् । 

इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको प्रहरी टोलीले सोही स्थानका ३३ बर्षिय इन्द्र चौधरी र उनकै श्रीमती ३२ बर्षिया ममता चौधरीलाई गाँजासहित पक्राउ गरेको हो । 

उनीहरुलाई ८ के.जि. ४० ग्राम लागूऔषध गाँजासहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।