झापा ।
झापा दमक नगरपालिका–६ अनाम टोलबाट प्रतिबन्धित औषधीसहित तीन जना पक्राउ परेका छन् । मंगलबार साँझ ६ः४० बजेको समयमा उनीहरुलाई पक्राउ गरिएको हो ।
प्रतिबन्धित औषधीहरु बेचबिखन गर्ने उदेश्यले राखेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सोही स्थानका बलबहादुर थापाको घरमा कोठा भाडा लिई बस्ने दमक–५ का ३२ बर्षिय सुरज गुरुङको कोठामा उनीसहित सोही स्थानका १८ बर्षिय अंकितबहादुर थापा मगर र दमक–४ का छितिज फागो पक्राउ परेका हुन् ।
उनीहरुलाई फेला पारी उनीहरुको शरिर तथा कोठा खानतलासी गर्दा उक्त कोठा भित्र रहेको स्टिलको दराजको सेफ बक्समा लुकाई छिपाई राखेको प्रतिबन्धित औषधी त्चबmबमय िज्थमचयअजयिचष्मभ ऋबउकगभिक क्ष्ए छण्० mन लेखेको २६ पत्ता अर्थात २६० क्याप्सुल र क्एब्क्एब्क्ष्ल् लेखिएको ३५ पत्ता अर्थात ३५० चक्कि फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ ।
उनीहरु तीनै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।