बुट्टाबारी ।
झापा जिल्ला खेलकुद विकास समितिले आयोजनामा गरेको १५ औं राष्ट्रपति रनिङ शील्ड प्रतियोगितामा अर्जुनधारा नगरपालिका बिजेता बनेपछि नगर परिक्रमासँगै सम्मान गरिएको छ । अर्जुनधाराले १४ वटा पालिकाहरूलाई लगातार तेस्रो पटक पनि विभिन्न खेलमा स्वर्ण, रजत र कास्यसहित ३९ पदकहरु हासिल गरि प्रथम भएको थियो।
प्रथम स्थान प्राप्त गरेपछि नगर खेलकुद बिकास समितिको आयोजनामा हाम्रो खेलकुद हाम्रो सान, तीन बर्ष जितेर शील्ड हाम्रो बनायौ, हारको जित चखायौ, हामीले शील्ड पचायौ जस्ता नारा लगाउदै लक्ष्मी माबिबाट विद्यार्थीहरुले नगर परिक्रमा गरेका थिए ।
तीन बर्ष खुरुखुरु जितेर प्रथम भएर खेलकुदको शान राष्ट्रपति प्रतियोगिताको पहिचान अर्जुनधारा नगरपालिकाले उक्त शील्ड सधैका लागि नगरमा राख्न सफल बनाउने सहभागी खेलाडी विद्यार्थीहरु स्वर्ण पदक बिजेता उसु तर्फ शनिश्चरे माबिकि प्रकृति लावती, प्रतीक्षा धिमाल, सारदा राई, समीर राजवंशी, स्वस्तिका माबिकि प्रतीक्षा धिमाल, तेक्वान्दोतर्फ भानु माबिका निश्चल चौधरी, रुपरत्नका सविक श्रेष्ठ, शनिश्चरे माबिकि अन्जु मेचे, न्यु होपकी स्मारिका ल्वागुन, करातेतर्फ शनिश्चरे माबिका अन्कित लिम्बू, गुराँस जबेगु एथलेटिक्सतर्फ त्रिपलजम जनता माबिकि दिपिका राई, हाइअजममा आस्मा दाहाल ८०० मिटर रिले दौड सिहदेबी माबिकि सम्झना गिरी, ४ह ४०० मिटर रिले दौडमा सम्झना गिरी, रेनुका खड्का, चन्द्रकला घिमिरे, दिबिसा राई त्यसैगरि ४ह १०० रिले दौडमा दिपिसा राइ, करुणा राई, आस्मा दाहाल, निकिता यक्तेन लिम्बू लगायत रजत र कास्य पदक साथै प्रत्येक विधाका टिमकोच प्रशिक्षकहरुलाई सम्मान गरिएको थियो ।
नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालको सम्योजकत्वमा उक्त शील्ड नगर परिक्रमापछि अर्जुनधारा नगर उप–प्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकिय अधिकृत तिलोचन रिमाल तथा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उप सचिब तोयानाथ रेग्मी सामाजिक बिकास संयोजक कौशिकलाल परियार (भोला)लाई हस्तान्तरण गरिएको थियो । कार्यक्रमको सहजीकरण खेलकुद बिकास समितिका सदस्य एवम् शिक्षक गंगा पोख्रेलले गरेका थिए ।