काँकरभिट्टा ।
झापाको काँकरभिट्टामा आजदेखि सुरु मेचीनगर गोल्डकपमा पाहुना टोली भारतको जर्जियन क्लबलाई हराउँदै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर सेमिफाइनल प्रवेश गरेको छ । शनिबारदेखि काँकरभिट्टा खेल मैदानमा सुरु उद्घाटन खेलमा कालिम्पोङको जर्जियन फुटबल क्लबलाई ४–२ गोल अन्तरले हराउँदै आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर सेमिफाइनमा पुगेको हो ।
कालिम्पोङले खेल सुरुमा खाता खोलेको थियो । उसले २८ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । कालिमपोङका लागि सत्यम शर्माले फ्रिकक मार्फत पहिलो सुन्दर गोल गरेका थिए । पहिलो हाफको ४४ औं मिनेटमा आयोजकका निशान लिम्बुले पेनाल्टी मार्फत गोल गरेर खेललाई बराबरी पारेका थिए । कालिम्पोङका खेलाडीले आयोजकका विदेशी खेलाडी इब्राहिमलाई डिवक्समा फल्ट गरेपछि आयोजकले पेनाल्टी पाएको थियो ।
दोस्रो हाफको छैटौं मिनेटमा आयोजकका लागि विदेशी खेलाडी इब्राहिमले डिवक्समा हेडमार्फत टिमका लागि दोस्रो गोल गरेका थिए ।दोस्रो हाफको १६ औं मिनेटमा निशान लिम्बुले फेरि दोस्रो गोल गर्दै टिमलाई ३–१ को अग्रता दिलाएका थिए । त्यस लगत्तै १९ औं मिनेटमा आयोजका रोबर्टले टिमका लागि चौथो गोल गर्दा आयोजक ४–१ को अग्रता लिन सफल भयो । दोस्रो हाफको अतिरिक्त समयमा कालिम्पोङका सत्यम शर्माले टिमका लागि फेरि दोस्रो गोल गरेर २ गोल गरे ।
उद्घाटन खेलको म्यान अफदि म्याच २ गोल गरेका आयोजकका निशान लिम्बू घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पाए ।प्रतियोगिताको भोलिको खेल चर्च बोइज काठमाडौं र झापा एफसीबीच हुने काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष नवराज ओली ९दिनेश० ले बताए । प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले ५ लाख तथा ट्रफि प्राप्त गर्नेछन् । गोल्डकपको उत्कृष्ट खेलाडीलाई ५१ हजार, सर्वाधिक गोलकर्तालाई २५ हजार, उत्कृष्ट गोलरक्षक र कोचले २१÷२१ हजार प्राप्त गर्ने छन् ।
त्यस्तै उदयीमान खेलाडीले नगद १५ हजार, प्रत्येक खेलको उत्कृष्ट खेलाडीले ११ हजार पाउने छन् । गोल्डकपमा प्राविधिक सहयोग झापा जिल्ला फुटबल संघ, मेचीनगर खेलकुद विकास समिति र संरक्षकमा मेचीनगर नगरपालिका रहेको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा होटल मेची क्राउन र सहप्रायोजकमा मेची नेत्रालय आँखा अस्पताल रहेको छ ।
गोल्डकप उद्घाटन हुनुअघि दिउँसो काँकरभिट्टा बजारमा विभिन्न जातजातिको झाँकी प्रदर्शन गरिएको थियो । गोल्डकपको उद्घाटन कोशी प्रदेशका सांसद गोपाल तामाङ, विशिष्ट अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपाचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेतीले गरेका थिए । मुल आयोजक समितिका संयोजक श्रीप्रसाद मैनालीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको स्वागत सहसंयोजक विमल आचार्यले र सञ्चालन सचिव राजु कार्कीले गरेका थिए ।
यसैबीच उद्घाटन खेलमा दर्शकको खचाखच भीड थियो । खेल हुनु भन्दाअघि मञ्चको उत्तरपटिको अस्थायी प्यारापिट भत्किएको थियो । दर्शकहरुको खचाखच भीडले प्यारापिट भत्किन पुगेको थियो । भत्किदा २÷३ जना बालबालिका सामान्य घाइते भएका थिए । आज नारी दिवसमा महिलाहरुलाई टिकट आयोजकले निःशुल्क गरेको थियो ।