हल्दीबारी ।
झापाको हल्दीबारी गाउँपालिकाले पशुमा लाग्ने महामारीजन्य रोग बिरुद्धको खोप लगाउने भएको छ । पालिकाले आगामी फागुन २५ गतेदेखि सवै वडाहरुमा खोप लगाउनु भएको हो ।
गाई, भैंसी, भेडा, बाखा र बंगुर, सुंगुरहरुमा लाग्ने महामारीजन्य रोग बिरुद्धको खोप सञ्चालन गर्ने पालिकाले सूचना जारी गरी जानकारी दिएको हो ।
आर्थिक बर्ष ०८१/०८२ को कोशी प्रदेश सरकारमार्फत प्राप्त हल्दीबारी गाउँपालिका क्षेत्रभित्रका कृषकहरुले पालेका गाई, भैसी, भेडा, बाखा र बंगुर, सुंगुरहरुमा लाग्ने महामारीजन्य लम्पी स्किन रोग, पिपिआर र स्वाइन फिवर रोग विरुद्धको खोप लगाउने भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) ले जानकारी दिए । पालिकाले प्रत्येक वडामा खोप कर्ता तोकेर आइतवारदेखि सबै वडाहरुमा सञ्चालन गर्न लागेको हो ।
खोप लगाइने भएकाले कृषक, पशुपन्छी, फार्म, समुह, समिति, टोल विकास संस्थाहरु, सहकारी संस्थाहरुले हल्दीबारी गाउँपालिका भित्र तपशिल बमोजिमको खोपकर्ताहरु तथा आफ्नो वडा कार्यालयहरुमा सम्पर्क गरि समयमै पशुवस्तु सुरक्षित राखे व्यवस्था गर्न आग्रह गरिएको छ ।