बुट्टाबारी ।
जङ्गबिर गुभाजु श्रेष्ठ प्रतिष्ठान झापा अर्जुनधारा–११ को १५ औं बार्षिक साधारणसभा एवम् सम्मान तथा स्मारिका प्रकाशन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्वच्छ समाज निर्माणका लागि सरसफाइ अभियन्ता गणेश ढुंगानालाई प्रशंसा पत्रसहित सम्मान गरिएको छ ।
त्यसै गरि गुभाजु श्रेष्ठ परिवारबाट २०८१ सालको कक्षा १२ मा उत्कृष्ट नम्बर ल्याइ उतिर्ण हुने विद्यार्थी प्रदीप श्रेष्ठलाई नगद पाँच हजार, पत्रकारिता तर्फ नवीन कर्ण बिराटनगर नगद १५ हजार, साहित्यतर्फ विमला प्रधान दार्जिलिङ १२ हजार नगदसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा जेष्ठ नागरिकतर्फ नरबहादुर खड्का बिराटनगर , वी बहादुर श्रेष्ठ ज्यामिरगडी, बिष्णुमाया श्रेष्ठ कनकाइ, तिलरुपा श्रेष्ठ भद्रपुर, भवानी पोख्रेल साहित्यकारलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा सस्थापक बाबुराम श्रेष्ठ बर्षाले सम्पादक गरेको जङ्गबिर गुभाजु श्रेष्ठ प्रतिष्ठान नामक स्मारिका प्रकाशन एवम् बिमोचन गरिएको थियो । बिशिष्ठ अतिथि साहित्यकार जीवनहरी शर्मा, साहित्यकार एवम् पत्रकार बिमला प्रधान, साहित्यकार भवानी पोख्रेल, सामाजिक अभियन्ता गणेश ढुंगानाले धन्यवाद एवम् शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिष्ठानले गुभाजु श्रेष्ठ बंशको वृत्ति बिकास सगै शिक्षा, कवि, साहित्यकार, कला, सस्कृती पत्रकारिता एवम् सामाजिक क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने जोसुकै बर्ग, धर्मका ब्याक्तित्वहरुलाइ सम्मान गर्दै सुन्दर समाजको स्थापना गर्ने भन्दै सस्थाका सरक्षक एवम् पुर्ब साम्सद बिर्ख प्रधानले स्वागतसहित कार्यक्रमको औचित्य माथि प्रष्ट पारेका थिए ।
कार्यक्रम कविता एवम् नृत्यहरु प्रस्तुत गरिएको थियो । प्रतिष्ठानले आफ्नो १५ औं बार्षिक साधारणसभा मनाइ रहदा जङ्गबिर गुभाजुको सन्तानहरुको खोजी गरि एकता बनाउँदै हराएको इतिहासलाई सदैव बाचिरहने र विभिन्न बिधाका ब्याक्तित्वहरुलाइ सम्मान र परिचय गराउने कार्यलाई ठुलो टेवा दिएको विभिन्न देशका कबि साहित्यकार, कलाकार, पत्रकार आदिलाई समेटने कार्यमा सस्थापक बाबुराम श्रेष्ठ बर्षाको सराहनीय कार्य प्रती सम्मान गर्दै प्रमुख आतिथी त्रिफला राष्ट्रिय पुस्तकालय धुलाबारीका सरक्षक प्रेम प्रकाश पोख्रेल फलाहरीले आफ्नो भनाइ राखेका थिए ।
प्रतिष्ठानका अध्यक्ष बाबुराम श्रेष्ठ बर्षाको अध्यक्षतामा संचालित कार्यक्रमको सचिव भानु श्रेष्ठले सहजीकरण गरेका थिए ।