सुरुङ्गा । 

झापाको कनकाई नगरपालिकाले प्रथम कोशी प्रदेश स्तरीय महिला फुटवल प्रतियोगिातको उपाधि जितेको छ । प्रदेश खेलकूद विकास बोर्डको आयोजनामा आइतवार राति बिराटनगरमा  भएको खेलमा पाँचथर जिल्लालाई ३–० को गोल अन्तरले पारजित गर्दै कनकाईले उपाधि हात पारेको हो । 

उपाधिसँगै कनकाईले नगद एक लाख रुपैयाँसहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो । उपबिजेता पाँचथरले नगद ५० हजारसहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो । 

यसैगरी प्रतियोगितामा बिधागत पुरस्कारहरु कनकाई खेलाडीले नै हात पारेका छन् । जसमा प्लेयर अफ द टुर्नामेन्ट जेनिफर मगर २० हजार, बेष्ट मिड फिल्डर सिमरन राइ, बेष्ट कोच सन्त रायमाझी, बेष्ट डिफेन्स नेहा चौधरी, बेष्ट गोलकिपर सुशिला चौधरी, बेष्ट फरवर्ड पुर्णिमा राई, प्लयर अफ द म्याच मनिता तुम्लुङले जनही १० हजार र हाई स्कोरर जेनिफर मगर एक हजार ५०० नगद सहित मेडल र प्रमाणपत्र पाएका थिए । 

प्रतियोतिामा कोशी प्रदेश मुख्यमन्त्री हिक्मत कार्की, कनकाई नगरपालिका नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, कनकाई ४ का वडाध्यक्ष रोशन सुवेदीलगायतको प्रतियोगितामा सहभागी रहेको थियो । प्रतियोगितामा कनकाई नगरका ९ जना खेलाडीको सहभागीता रहेको थियो ।