बिर्ताबजार । 

झापा बिर्तामोड–३ बिर्ताबजारका रहेको श्री गरामनी कृषि सहकारी संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा पुनः ताराप्रसाद चापागाँई सर्वसम्मत निर्वाचित भएका छन् । संस्थाको आज (शनिवार) बिर्ताबजारमा भएको १७ औं बार्षिक साधारसभाबाट चापागाँई सर्वसम्मत निर्वाचित अध्यक्ष चयन भएका हुन् । 

त्यसैगरी सञ्चालक समितिको उपाध्यक्ष पूजा आपागाई, सदस्यमा मेनुका राई, कुमारी बास्कोटा, दिनेशलाल राजवंशी, तुलाराम गुरुङ, पुन्यप्रसा रिजाल, धनबहादुर गुरुङ र गोपाल घिमिरे सर्वसम्मत निर्वाचित भएका छन् । 

यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा तारादेबी आपागाई र सदस्यमा हरिनारायण चौधरी र चिन्तामणि पोखरेल सर्वसम्मत निर्वाचित भएका हुन् । समितिको चार बर्षे कार्यकाल रहने बताईको छ । 

संस्थाका अध्यक्ष ताराप्रसाद चापागाँईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्य रहेको थियो । स्वागत संस्थाका कर्जा प्रमुख देबीप्रसाद चापागाईले गरेको कार्यक्रममा प्रमुख अतिथि ढकाल, जिल्ला सहकारी संघ झापाका सह–सचिब कृष्णप्रसाद मिश्रलगायलतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाकी ब्यवस्थापक मनिता घिमिरेले गरेकी थिइन् । 

आर्थिक बर्ष २०८०/०८१ मा शेयरपुँजी एक करोड ६४ लाख ७३ हजार २०० रुपैयाँ रहेको संस्थामा २ हजार १६५ जना शेयर सदस्य रहेको संस्थाका अध्यक्ष चापागाँईले प्रस्तुत गरेको प्रतिवेदमा उल्लेख छ । अध्यक्षको प्रतिवेदन अनुसार कोष हिसाव ३७ लाख ९८ हजार ८३६ रुपैयाँ ६० पैसा, बचत हिसाव ३ करोड ७६ लाख १७ हजार २६३ रुपैयाँ ६१ पैसा, संस्थाको लगानी ७ लाख २७ हजार १००, लगानीमा रहेको ऋण ७ करोड ३९ लाख ४६ हजार २३८ रुपैयाँ ८२ पैसा, आम्दानी हिसाव ७५ लाख ७१ हजार ७५२ रुपैयाँ २६ पैसा र खर्च हिसाव १ करोड ४९ लाख ४० हजार ४५२ रुपैयाँ ६० पैसा रहेको छ । 

अध्यक्ष चापागाईले लगानीमा रहेको ऋण समयमा फिर्ता नहुँदा संस्था सञ्चालनमा समयस्या हुने गरेका ऋण समयमै तिर्न आग्रह गरेका छन् । पछिल्लो केही समय यता ठूला–ठूला सहकारीहरु समेत ऋण समयमा उठाउन नसक्दा धरासायी बन्दै गएकाले कर्जा लिएर समयमा ऋण नतिर्नु नै समस्या भएको उनले बताए । ऋण तिर्न नसक्नेका लागि संस्थाको कार्यालयमा सम्पर्क भए संस्थाले ब्याजमा दिन सक्ने छुट दिने बताउँदै अध्यक्ष चापागाँईले संस्थाको सम्पर्कमा आउनसमेत आग्रह गरेका छन् ।