बिर्तामोड । 

झापाको बिर्तामोड नगरपालिकाले आयोजना गरेको पाठेघरको मुखको क्यान्सर (VIA) स्क्रिनिङ सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरमा ६ सय ४१ जनाले सेवा लिएका छन् ।

३० वर्षदेखि ६० वर्ष उमेर समुहका महिलाहरुका लागि फागुन ११ गतेदेखि १५ गतेसम्म सञ्चालन भएको शिविरमा प्रजनन् स्वास्थ्य रुग्णता सेवा अन्तर्गत स्तन क्यान्सर, अब्सट्रेटिक फिस्टुला, आङ खस्ने समस्या सम्बन्धिको जाँचमा ६ सय ४१ जनाले सेवा लिएको नगरअस्पतालकी सिनियर नर्सिङ अधिकृत ओमकुमारी गुरुङले जानकारी दिइन् । 

नगरपालिकाले ४ वटा स्थानमा शिविर सञ्चालन गरेको थियो ।आधारभुत स्वास्थ्य केन्द्र वडा नम्बर १मा १ सय ३५ जना, वडा नम्बर ९ मा १ सय १८ जना, वडा नम्बर १० मा १ सय ४६ जना र नगरअस्पतालमा २ सय ४२ जनाले सेवा लिएको जनाईएको छ । 

शिविरमा १ सय १ जनामा पाठेघर खस्ने (युटेरो भजाइनल प्रोल्याप्स), ३ जनामा स्तनमा गाँठागुठी र २२ जनामा पाठेघरको विभिन्न समस्या पाईएको नर्सिङ अधिकृत दिपा श्रेष्ठले जानकारी दिइन् । यि मध्ये १९ जनालाई अन्य अस्पतालमा रेफर गरिएको छ  ।