भद्रपुर । 

दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधिका लागि आयोजक भद्रपुर ब्लेजर्स र झापा–११ बीच आज (शुक्रवार) प्रतिस्पर्धा हुँदैछ ।

मेची रङ्गशालामा हुने खेलमा झापा–११ ले भुटानको डागा युनाइटेड फुटबल क्लबलाई पराजित गर्दै फाइनलमा आफ्नो यात्रा सुनिश्चित गरेको थियो भने बङ्गलादेशको काउर्न बाजार प्रगति सङ्घलाई हराउँदै आयोजक ब्लेजर्स पनि फाइनलमा पुगेको हो ।

प्रतियोगिताका विजेता टोलीलाई  १३ लाख तथा उपविजेतालाई ७ लाख नगदसहित ट्रफि प्रदान गरिनेछ । प्रतियोगितमा स्वदेशीसहित भारत, भुटान र बङ्गलादेशका १० टोली सहभागी थिए ।