इटहरी  । 

उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ नेपाल (हिसान) कोशी प्रदेश स्तरिय छात्र फुटबल प्रतियोगिताको उपाधि झापा बिर्तामोडको आदर्श स्कुल अफ मेनेजमेन्टले जितेको छ । 

झापा, मोरङ र सुन्सरी जिल्लाका (हिसान) मा आबद्ध उच्च माध्यमिकका स्कुलका  छात्रहरुको जिल्लामा बिजेता र उपबिजेताले प्रदेश स्तरीय प्रतियोगितामा सामेल भएका थिए । 

 इटहरीको रंगशालामा  बिहीवार सञ्चालन भएको फाइलन खेलमा झापाका दुई कलेज निदि र आदर्श स्कुल बिच प्रतिस्पर्धा भएको थियो । प निदि र आदर्श बिच भएको खेलमा निदिलाई आदर्शले ४–० को गोल अन्तरले उपाधि हात पारेको हो । 

फाइनल खेलमा आदर्शका रायन भट्टराईले ३ गोल र नितेश लिम्बुले १ गोल गरेका थिए भने निदिले कुनै गोल गर्न सकेन । खेलको  म्यान अफ दी म्याच रायन भट्टराई घोषित भए ।  त्यसै गरी बेस्ट गोल किप्पर आदर्शका प्रशान्त दुलाल, बेस्ट डिफेण्डर आदर्शका क्षितिज अधिकारी भए । यसैगरी प्रतियोगितामा बेस्ट मिड फिल्डर 

निदिका बिबश मगर, बेस्ट फरवर्डमा आदर्शका समिर हेमरम घोषित भए भने, बेस्ट प्लेयर अवार्ड निदिका दिवश बास्तोलाले पाए। हिसान प्रदेश फुटवलमा यो बर्ष झापाले अग्रता बनाउन सफल भएको कोच दिपेश खतिवडालाई उधृत गर्दै आदर्शका आउटरिच मेनेजर दीपक दासले जानकारी दिए।