इटहरी । 

उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ नेपाल (हिसान) कोशी प्रदेश स्तरिय छात्र फुटबल फुटबल प्रतियोगिताको फाइनलमा झापाको निदि स्कुल र आदर्श स्कुल अफ मेनेजमेएन्ट बिर्तामोड पुगेका छ्न् । 

झापा, मोरङ र सुनसरी जिल्लाका हिसानका छात्रको खेलहरु इटहरीमा सञ्चालन भएको थियमे । पूर्वाञ्चल कलेज इटहरी, सुनसरी र निदि स्कुलको पहिलो खेलमा दुबै तर्फ एक/एक गोल भएपछि  भएको पेलान्टीमा निदि स्कुलले पूर्वाञ्चललाई जितेको थियो । 

सो खेलमा निदिका अनुराग पराजुली र सिद्धान्त लिम्बुले म्यान अफ दी म्याच भए । त्यसैगरी अर्को सेमी फाइनल खेल छात्रा आदर्श स्कुल झापा र  रेड स्टार पथरी मोरङ बिचको खेल ३–१ को अन्तरमा  आदर्श स्कुलले रेड स्टारलाई जितेको थियो । 

आदर्शका साहिल धिमाल, पवन बास्के र समिर हेमरमले क्रमश एक/एक गोल गरेका थिए । खेलमा आदर्शका नितेश लिम्बु म्यान अफ दी म्याच भएका थिए ।   आज (बिहिवार) झापाको आदर्श स्कुल र निदि स्कुल बिच फाइनल खेल इटहरीको रंगशालामा हुने आदर्शका आउटरिच म्यानेजर दीपक दासले बताएका छन्।