बिर्तामोड। 

झापाको बिर्तामोडमा ‘प्रथम अन्तर प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता–२०८१’ हुने भएको छ । फिट स्टुडियो र मेची तेक्वान्दो डोजाङ्गको संयुक्त आयोजनामा  आगामी चैत २९ र ३० गते कोशी प्रदेश स्तरीय प्रतियोगिता हुने आज (सोमवार)  बिर्तामोडमा पत्रकार सम्मेलनको  गरी जानकारी दिइएको हो । 

प्रतियोगितामा सात वटा प्रदेशबाट एक हजार पाँच सय बढी खेलाडी, एक सय अफिसियल निर्णायकहरु र अन्य  गरी दुई हजार भन्दा बढीको सहभागिता फिट स्टुडियोका संस्थापक दिपेन धिमालले जानकारी गराए । 

तेक्वान्दो खेल मार्फत खेलाडीहरुलाई खेलप्रतिको रुची, जनचासो र खेलाडीहरुलाई उत्प्रेरणा प्रदान गर्ने प्रतियोगिताको आयोजना गरिएको बताइएको छ । पछिल्लो समय अधिकांश युवा लागूऔषधको दलदलमा फसिरहेको र उनीहरुलाई खेलका माध्यमबाट सही मार्गमा डो¥याउन सहयोग लक्ष्य लिइएको अध्यक्ष धिमालले बताए । 

प्रतियोगितामार्फत खेलकुदका क्षेत्रसँगै जिल्लाको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने आयोजक समितिको अपेक्षा छ ।  प्रतियोगितामा सहभागीताका लागि झापा आउँदा यहाँको खेलकुदसंगै,  धार्मिक र ऐतिहासिकस्थल एवम् व्यापारिक क्षेत्रको पनि प्रवद्र्धन हुने आयोजक समितिले विश्वास लिएको छ । 

प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ आठ वटा तौल समूहमा खुल्ला तेक्वान्दो प्रतियोगिता हुनेछ ।  तीनवटा उमेर समूहमा हुने पुम्से प्रतियोगिता अन्तरगत तेक्वान्दोतर्फ ३५ केजी, ३८ केजी, ४१ केजी, ४५ केजी, ४८ केजी, ५१ केजी, ५५ केजी र ५८ केजी तौल समूहमा प्रतिष्पर्धा हुनेछ ।

त्यस्तै पुम्सेतर्फ महिला–पुरुष दुवैको १० वर्षभन्दा कम, १२ वर्षभन्दा कम र १४ वर्षमाथि उमेर समूहको प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुले आकर्षक मेडल तथा प्रमाणपत्र पाउनेछन् भने बेस्ट फाइटर एक–एक जना महिला–पुरुषले रु। २०–२० हजार नगद पुरस्कार समेत प्राप्त गर्ने छन् । प्रतियोगिताको उत्कृष्ट टिमलाई ५० हजार, द्वितीयलाई ३० हजार र तृतीयलाई २० हजार रुपैयाँ नगद पुरस्कार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजक समितिले जनाएको छ ।  प्रतियोगितामा २० जना राष्ट्रिय तथा २० अन्तर्राष्ट्रिस्तरका निर्णायक ९रेफ्री० रहने छन् । 

प्रतियोगिता सम्पन्न गर्न ३० लाख रुपैयाँ  खर्च लाग्ने आयोजकको अनुमान छ । स्थानीय सरकार, प्रदेश सरकार र खेलप्रेती सहयोगी दाताको सहयोगले प्रतियोगिता सम्पन्न गरिने अध्यक्ष धिमालले बताए । 

पत्रकार सम्मेलनमा बक्सिङसंघका केन्द्रीय उपाध्यक्ष भोजराज सिटौला, जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष प्रशान्त भण्डारी, झापा गोल्डकपमा निर्वतमान अध्यक्ष विनोद वस्नेत, बिर्तामोड ४ का वडाध्यक्ष राहुल शर्मा, बिर्तामोड उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष प्रकाश शिवाकोटी, नेपाल रेडक्रस सोसाइटी बिर्तामोडमा निर्वतमान अध्यक्ष सजेश शिवाकोटी, लगायतको सहभागीता रहेको थियो ।  पत्रकार सम्मेलनको सहजीकरण संचारकर्मी केशव भट्टराईले गरेका थिए ।