बिर्तामोड ।
उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ नेपाल (हिसान) को प्रदेश स्तरिय छात्र तथा छात्रा भलिबल प्रतियोगिता झापाको दमकमा सम्पन्न भएको छ ।
छात्र र छात्रा भलिबलका दुबै तर्फका झापा, मोरङ र सुनसरी जिल्लाका (हिसान) का जिल्ला स्तरिय बिजेता तथा उपबिजेताको सहभागिता रहेको थियो । खेलमा छात्रतर्फ कान्तिपुर कलेज सुनसरी र छात्रातर्फ पूर्वाञ्चल सुनसरी प्रथम भएको थियो ।
खेलको छात्र तथा छात्राको दुबै तर्फको दोस्रो उपाधि आदर्श स्कुल अफ मेनेजमेन्ट बिर्तामोडले हासिल गर्न सफल भएको छ । छात्रतर्फ रेड स्टार पथरी, मोरङ र छात्रातर्फ सिद्धार्थ शिशु निकेतनलाई हराउदै आदर्श फाइनलमा प्रवेश गरेको थियो।
छात्र तर्फको पाँच सेटको फाइनल खेलमा पहिलो, चौथो र पाँचौं सेट कान्तिपुर कलेजले र दोस्रो सेट आदर्श कलेजले जितेको हो । छात्रा तर्फ पूर्वाञ्चल कलेज सुनसरीले पहिलो, तेस्रो र चौथो सेट जितेको खेलमा दोस्रो सेट आदर्श कलेजले जितेको थियो।
आयोजकले खेलाडीलाई प्रोत्साहन स्वरुप बिजेता, उपबिजेतालाई ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरेको आदर्श स्कुलका आउटरिच मेनेजर दीपक दासले बताए।