हल्दीबारी । 

स्व. जगतबहादुर नरमाया वन स्मृति प्रतिष्ठान हल्दीबारी–३ को आयोजनामा २०८१ फागुन ९ र १० गते प्रथम वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।

हल्दीबारी गाउँपालिकाका ५ वटै वडाका खेलाडीहरूको सहभागिता रहने खेलका बिजेताले नगद १५ हजार, ट्रफि तथा मेडल प्राप्त गर्नेछन् । यस्तै उप–बिजेता टिमले नगद १० हजारसहित मेडल र ट्रफि प्राप्त गर्ने प्रतिष्ठानका संरक्षक एवंम हल्दीबारी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मानबहादुर वन (महेन्द्र) ले जानकारी दिएका छन्।

२ दिनसम्म सञ्चालन हुने खेलको व्यवस्थापकिय जिम्मेवारी हल्दीबारी नमुना माध्यमिक बिद्यालयले लिएको विद्यालयका प्रधानाध्यापक टंकबहादुर पाख्रिनले बताए।