बिर्तामोड । 

शिक्षासेवी हरिकुमार प्रसाईंको सम्झनामा भएको हरिकुमार प्रसाईं अन्तर विद्यालय अन्डर १३ जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको आज (सोमवार ) भएको पहिलो र दोस्रो सेमी फाइनलबाट निदि र इष्ट्रहोराइजन स्कुल फाइनलमा प्रवेश गरेका छन् । 

झापाको बिर्तामोड–६ स्थित एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमीमा जारी फुटबल प्रतियोगिताको आजको खेलमा निदी र इष्ट्रहोराइजन स्कुल फाइनलमा प्रवेश गरेका हुन् । आजको पहिलो खेल एभरेष्ट  र  निदि स्कुल बिच भएको थियो । ०–२ को अन्तरले  निदि फाइनलमा प्रवेश गरेको छ । 

आजको दोस्रो खेल इष्ट्र होराइजन र बाल्मिकी स्कुल बिच भएको थियो । १–० को अग्रता कायम गर्दै  इष्ट्र होराइजन फाइनलमा प्रवेश गरेको छ । खेलको म्यान अफ द म्याच गौरव राजवंशी घोषित भए । 

 मंगलबार फाइनल निदि र इष्ट्रहोराइजन स्कुलबिच प्रतिस्पर्धा हुनेछ । भालि फागुन ६ गते फाइनल खेल हुने प्रतियोगितामा १६ वटा विद्यालयको सहभागीता रहेको थियो ।