बिर्तामोड ।
शिक्षासेवी हरिकुमार प्रसाईंको सम्झनामा आयोजित हरिकुमार प्रसाईं अन्तर विद्यालय अन्डर १३ जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको आज (शुक्रवार ) भएको खेलमा बाल्मिकी र निदी स्कुल बिजयी भएका छन् ।

झापाको बिर्तामोड–६ स्थित एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमीमा जारी फुटबल प्रतियोगिताको आज (शुक्रवार ) भएको पाँचौ दिनको खेलमा बाल्मिकी र निदी स्कुल बिजयी भएका हुन् ।
आजको पहिलो खेलमा न्यूटन्स र बाल्मिकीबिच प्रतिस्पर्धा भएको थियो । ०–७ को फरक गोल अन्तरसँगै बाल्मिकी बिजयी भएको हो । उक्त खेलको म्यान अफ द म्याच दपर्ण गुरुङ भए ।
आजको दोस्रो खेल निदी र सुनगाभा स्कुल बिच भएको थियो । ३–० को अग्रता कायम गर्दै निदी बिजयी भएको हो । खेलको म्यान अफ द म्याच प्रज्वल बास्कोटा घोषित भए ।
आइतवार दुई खेल हुनेछन् । जसमा पहिलो खेल इष्ट होराइजन र सुर्यदय र दोस्रो एभरेष्ट र चिल्ड्रेन स्कुलबिच प्रतिस्पर्धा हुनेछ । फागुन ६ गते फाइनल खेल हुने र प्रतियोगितामा १६ वटा विद्यालयको सहभागीता रहने बिद्यालयले जनाएको छ ।