बिर्तामोड । 

झापाको बिर्तामोड–६ स्थित एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमीमा जारी हरिकुमार प्रसाईं अन्तर विद्यालय अन्डर १३ जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको आज (बिहीवार) भएको खेलमा इष्ट्र होराइजन, सूर्यदय स्कुल बिजयी भएका छन् । चौथो दिनको खेलमा इष्ट्र होराइजन, सूर्र्यदय स्कुल बिजयी भएका हुन् । 

आजको पहिलो खेलमा इष्ट्रहोराइजन र  ग्लोवल इग्लिस बिच प्रतिस्पर्धा भएको थियो । ९–० को फरक गोल अन्तरसँगै इष्ट्र होराइजन बिजयी भएको थियो । उक्त खेलको म्यान अफ द म्याच  रित राजवंशी भए । 

आजको दोस्रो खेल सूर्योदय बोडिङ स्कुल र लिटल फ्लार्वस स्कुल बिच भएको थियो । ४–२ को अग्रता कायम गर्दै सूर्यदय बिजयी भएको हो । सुर्यदयका गोलकिपर सुशान्त बिष्ट म्यान अफ द म्याच घोषित भए । 

भोली दुई खेल हुनेछन् । जसमा पहिलो खेल  न्ूटन्स एजुकेशन र बाल्मिकी र दोस्रो सुनगाभा र निदी स्कुलबिच प्रतिस्पर्धा हुनेछ । फागुन ६ गते फाइनल खेल हुने र प्रतियोगितामा १६ वटा विद्यालयको सहभागीता रहने बिद्यालयले जनाएको छ ।