बिर्तामोड । 

झापाको बिर्तामोड–६ स्थित एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमीमा जारी हरिकुमार प्रसाईं अन्तर विद्यालय अन्डर १३ जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको बुधवार भएको खेलमा सुनगाभा, निदी र बाल्मिकी स्कुल बिजयी भएका छन् । आज (बुधवार) भएको तेस्रो दिनको खेलमा सुनगाभा, निदी र बाल्मिकी स्कुल बिजयी भएका हुन् । 

आजको पहिलो खेलमा सुनगाभा इग्लिस स्कुल र गेमेन्द्र बिर्ता मोडलबिच प्रतिस्पर्धा भएको थियो । सुटआउटबाट ४–३ गोल गरेसँगै सुनगाभा बिजयी भएको थियो । उक्त खेलको म्यान अफ द म्याच सुनगाभाका गोलकिचर एलेश आङ्वो भए । 

आजको दोस्रो खेल निदी सेकेन्डरी स्कुल र निहारिका बोडिङ स्कुल बिच भएको थियो । ५–३ को अग्रता कायम गर्दै निदी बिजयी भएको हो । निदीका पुजन दाहालले २ गोल गर्दै म्यान अफ द म्याच भए । 

आजको तेस्रो खेल बाल्मिकी फाउण्डेशन र मेची इग्लिस बोडिङ स्कुलबिच भएको थियो । ३–० सँगै बाल्मिकी फाउण्डेशन बिजयी बन्यो । म्यान अफ द म्याच बाल्मिकीका दर्पण गुरुङले २ गोल गर्दै म्यान अफ द म्याच घोषित भए । 

 भोली दुई खेल हुनेछन् । जसमा पहिलो खेल ग्लोबल इष्ट होराइजन र दोस्रो लिटल फ्लावर्स र सूर्योदय स्कुलबिच प्रतिस्पर्धा हुनेछ । फागुन ६ गते फाइनल खेल हुने र प्रतियोगितामा १६ वटा विद्यालयको सहभागीता रहने बिद्यालयले जनाएको छ ।